विप्लव माओवादीका दुई जिल्ला सदस्य गिरफ्तार, रिहा नगरे जिल्ला बन्दको चेतावनी
सारांश
- दाङ, ४ बैशाख ।
- नेपाल कम्युनिष्ट पार्टी दाङका २ जना जिल्ला सदस्यहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
- पार्टीका जिल्ला सेक्रेटरी विक्रमले एक विज्ञप्ति जारी गरी आफ्ना दुई जना जिल्ला सदस्यहरुलाई बिनाकारण गिरफ्तार गरेको दावी गर्दै उनीहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
दाङ, ४ बैशाख । नेपाल कम्युनिष्ट पार्टी दाङका २ जना जिल्ला सदस्यहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी विक्रमले एक विज्ञप्ति जारी गरी आफ्ना दुई जना जिल्ला सदस्यहरुलाई बिनाकारण गिरफ्तार गरेको दावी गर्दै उनीहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
विज्ञप्तिमा जिल्ला सदस्य विकास वली र जनक्रान्तिका घाइते योद्धा परिवारका केन्द्रीय सदस्य तथा पार्टीका जिल्ला सदस्य ईश्वरी पाण्डेलाई हिजो तुलसीपुरबाट प्रहरीले बिना कारण गिरफ्तार गरेको जनाइएको छ । विज्ञप्तिमा जिल्ला पार्टीका गिरफ्तार दुई नेता कार्यकर्ताको तुरुन्त बिना शर्त रिहाई गर्न जोडदार माग गरिएको छ । “हामी यो गैरकानुनी र अन्यायपूर्ण गिरफ्तारीको घोर भत्र्सना र निन्दा गर्दछौं र गिरफ्तारी पर्नुभएका दुबैजनालाई विना शर्त रिहाई गर्न माग गर्दछौं ।”
एकीकृत जनजागरण अभियान सञ्चालन गरिरहेको उक्त पार्टीले आफूहरुको आग्रहलाई बेवास्ता गरे जिल्ला बन्द लगायतका कडा संघर्ष गर्न बाध्य हुने चेतावनी दिएको छ । जसबाट उत्पन्न सम्पूर्ण परिणामको दोषी सरकार र प्रशासनलाई भड्कावमा पार्ने कथित जनप्रतिनिधि हुने समेत जनाएको छ ।
प्रतिक्रिया