विभिन्न १३ विधामा राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार प्रदान गरिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १३, २०७४
|
|
२४ पटक हेरिएको
Shares
विभिन्न १३ विधामा राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार प्रदान गरिने

सारांश

  • काठमाडौँ, १३ चैत ,  राष्ट्रिय फोटो पत्रकार समूहले विभिन्न १३ विधामा राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ ।
  • आगामी वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा सो पुरस्कार प्रदान गरिने समूहका सचिव एवं कार्यक्रम संयोजक प्रदीपराज वन्तले जानकारी दिनुभयो ।
  • फोटो पत्रकारको योगदानको कदर गर्दै युवा फोटो पत्रकारको मनोबल वृद्धिका लागि प्रोत्साहन गर्न विभिन्न १३ विधामा नगद, ट्रफीसहितको पुरस्कार प्रदान गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

काठमाडौँ, १३ चैत ,  राष्ट्रिय फोटो पत्रकार समूहले विभिन्न १३ विधामा राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ ।

आगामी वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा सो पुरस्कार प्रदान गरिने समूहका सचिव एवं कार्यक्रम संयोजक प्रदीपराज वन्तले जानकारी दिनुभयो ।

फोटो पत्रकारको योगदानको कदर गर्दै युवा फोटो पत्रकारको मनोबल वृद्धिका लागि प्रोत्साहन गर्न विभिन्न १३ विधामा नगद, ट्रफीसहितको पुरस्कार प्रदान गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

लाइफ टाइम एचिभमेन्टका साथै समूहले वर्ष उत्कृष्ट, खेलकुद, पर्यटन तथा संस्कृति, राजनीतिक, दैनिक जीवन, मनोरञ्जन, आर्थिक, महिला, उपत्यका बाहिर, अनलाइन, स्वतन्त्र र समूहका सक्रिय सदस्य विधामा सो पुरस्कार प्रदान गर्न लागेको हो ।

फोटो पत्रकारिताका क्षेत्रमा लामो योगदान दिइ सेवानिवृत्त रहेका अग्रज व्यक्तित्वलाई रु ५० हजार नगद, ट्रफी र सम्मानपत्रसहितको लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गर्ने सो समूहले जनाइएको छ ।

त्यस्तै खेलकुद, पर्यटन तथा संस्कृति, राजनीतिक, दैनिक जीवन, मनोरञ्जन, आर्थिक, महिला, मोफसल, अनलाइन, स्वतन्त्र र समूहको सक्रिय सदस्य विधामध्येबाट उत्कृष्ट ठहर हुने फोटो पत्रकारलाई रु २५ हजार नगद, ट्रफी र सम्मानपत्रसहित वर्ष उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार प्रदान गर्ने सो अवसरमा जानकारी दिइयो ।

 

(goldchannel.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?