विराटनगर विमानस्थलमा बाढी, जहाजनै डुबानमा (हेर्नुहोस् ६ तस्बिरमा)

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २८, २०७४
|
|
२१ पटक हेरिएको
Shares
विराटनगर विमानस्थलमा बाढी, जहाजनै डुबानमा (हेर्नुहोस् ६ तस्बिरमा)

सारांश

  • मोरङ ।
  • विराटनगरमा ०४५ सालपछिको ठूलो पानी परेको छ ।
  • भीषण वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेका छन् ।

मोरङ । विराटनगरमा ०४५ सालपछिको ठूलो पानी परेको छ । भीषण वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेका छन् । विराटनगर बिमानस्थल पनि बाढीका कारण डुबानमा परेकाे छ । डुबानकै कारण शनिबार बिहानैदेखी कुनै अान्तरीक उडानहरू हुन सकेकाे छैन ।

त्यसैगरी बाढीले विद्युत लगायत टेलिकम र खानेपानीमा समेत क्षती पूर्याएको कारण सबै सेवा ठप्प बनेको छ ।  बिराटनगर विमानस्थल यतिबेला जलाशयले भरिएको छ । झट्ट हेर्दा यस्तो लाग्छ, यो विमानस्थल नभएर पानीजहाज रोकिने बन्दरगाह हो ।

डुबानका कारण यसरी विमानस्थल नै डुबेको सम्भवतः नेपालकै यो पहिलो घटना हो । दुई दिनयता बिराटनगर विमानस्थलको सम्पूर्ण सेवा ठप्प भएको छ । जहाजका पाङ्ग्राहरु डुबेको अवस्थामा देखिएको श्री एयरलाइन्सको यो विमानचाहिँ दुई दिनअघि परीक्षण उडानका क्रममा काठमाडौंबाट बिराटनगर पुगेको थियो ।

(Zolpidem)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?