विश्व रङ्गमञ्च दिवस मनाइयो

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १४, २०७४
|
|
४१ पटक हेरिएको
Shares
विश्व रङ्गमञ्च दिवस मनाइयो

सारांश

  • काठमाडौँ, १४ चैत , परमाणु आक्रमण, युद्ध, प्रदूषणलगायतका कारणले विश्वमा मानिसको बसाइँ सराइ आदिमा मानवीय संवेदनालाई कलाकारले अभिनयमार्फत प्रस्तुत गरेका छन् ।
  • अर्थ बिट नामक थिएटर समूहका कलाकारले विश्व रङ्गमञ्च दिवसका अवसरमा सिरियाबाट मानिसको युरोपतर्फ हुँदै गरेको बसाइँ सराइको वियोगलाई कथा बनाएर मंगलबार साँझ नाटक मञ्चन गरिएको छ ।
  • मानवीय दुःख सर्वसाधारण तथा दर्शकलाई देखाउन कलाकार सेतो कपडामा बेरिएर टाउको विस्तारै बाहिर निकालेका थिए ।

काठमाडौँ, १४ चैत , परमाणु आक्रमण, युद्ध, प्रदूषणलगायतका कारणले विश्वमा मानिसको बसाइँ सराइ आदिमा मानवीय संवेदनालाई कलाकारले अभिनयमार्फत प्रस्तुत गरेका छन् ।

अर्थ बिट नामक थिएटर समूहका कलाकारले विश्व रङ्गमञ्च दिवसका अवसरमा सिरियाबाट मानिसको युरोपतर्फ हुँदै गरेको बसाइँ सराइको वियोगलाई कथा बनाएर मंगलबार साँझ नाटक मञ्चन गरिएको छ ।

मानवीय दुःख सर्वसाधारण तथा दर्शकलाई देखाउन कलाकार सेतो कपडामा बेरिएर टाउको विस्तारै बाहिर निकालेका थिए । थिएटर समूहका अध्यक्ष सलिन सुवेदीले गिगेरुगु अष्ट्रेलियाली बाजा बजाउँदै गर्दा कलाकार रेशम किरा कोकनबाट निस्केजस्तै देखिन्थे ।

साहित्यकार प्रा डा अभि सुवेदीले पाषाण युगदेखि अहिलेसम्म स्वर, व्यञ्जन हुँदै मानव सभ्यता यहाँसम्म आइपुगेको बताउँदै नाटकको पनि आफ्नै भाषा, संकेत छन् तिनलाई संरक्षण गरेर समाजलाई सकारात्मक परिवर्तन गर्न सकिने बताउनुभयो ।

नाटकमा कलाकार सरोज घिमिरे, सन्दीप डंगोल र मनिषलाल श्रेष्ठको भूमिका सशक्त थियो । सन् १९६२ मार्च २७ देखि प्रत्येक वर्ष विश्व रङ्गमञ्च दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?