व्यापारीले दबाब दिएपछि मन्त्री मातृका यादवले बजार अनुगमन रोक्न लगाए
सारांश
- काठमाडौं, २६ फागुन- उद्योग र व्यवसायीको चर्को दबाब र लबिङमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बजार अनुगमन कार्यक्रम तत्कालका लागि ‘स्थगित’ गर्न निर्देशन दिएका छन्।
- मन्त्री यादवले अनुगमनकारी निकाय आपूर्ति विभागलाई तत्कालका लागि अनुगमन रोक्न निर्देशन दिएका हुन्।
- आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले खबर लेखेका छन् ।
काठमाडौं, २६ फागुन- उद्योग र व्यवसायीको चर्को दबाब र लबिङमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बजार अनुगमन कार्यक्रम तत्कालका लागि ‘स्थगित’ गर्न निर्देशन दिएका छन्। मन्त्री यादवले अनुगमनकारी निकाय आपूर्ति विभागलाई तत्कालका लागि अनुगमन रोक्न निर्देशन दिएका हुन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले खबर लेखेका छन् ।
आपूर्ति विभागले अराजक र छाडा बजारलाई अनुगमनको माध्यमबाट नियन्त्रण गर्ने प्रयास गरिरहेको अवस्थामा मन्त्री यादवले उपभोक्ता लुट्दै आएका उद्योगी र व्यवसायीको ‘अनुकूल’ हुने गरी अनुगमन रोक्न निर्देशन दिएका हुन्। मन्त्री यादवले सचिव अनिल ठाकुरलाई पनि तत्कालका लागि अनुगमन स्थगन गर्न निर्देशन दिएका छन्। ‘मन्त्रीज्यूले विस्तृत जानकारी लिनुभयो, उहाँले अनुगमनको नाममा सस्तो लोकप्रियता कमाउने गरी प्रचारमुखी देखिएको विश्लेषण गर्नुभयो,’ अन्नपूर्णसँग सचिव ठाकुरले भने, ‘अनुगमन धेरै भए पनि दोषी भनिएका कसैमाथि कारबाही नभएको फेला परेपछि थप कार्ययोजनासहित अघि बढ्ने गरी तत्कालका लागि अनुगमन रोक्न निर्देशन दिनुभएको छ।’
आपूर्तिमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै मन्त्री यादवलाई पछिल्लो समय उद्योगी र व्यवसायीको संगठित संघसंस्थाले भेटेरै बजार अनुगमन रोक्न दबाब दिँदै आएका छन्। आपूर्ति विभागले सरकारले तोकेको मुनाफा दरभन्दा बढी मूल्य असुल्ने निजी क्षेत्रका ठूला विद्यालय, पाँचतारे मानिने अस्पताल, चारपांग्रे सवारीसाधनको मुख्य बिक्री केन्द्र, ठूला जडीबुटी बिक्री केन्द्रलगायतमा अनुगमन तीव्र पारिरहँदा उद्योगी-व्यवसायीले अनुगमन रोक्न विभिन्न शक्तिकेन्द्र धाउँदै आएका छन्।
पूर्ववर्ती सरकार शेरबहादुर देउवाको समयमा पनि उद्योगी-व्यवसायीले अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय, आपूर्ति मन्त्रालयलगायतमा अनुगमन रोक्न चर्को दबाब दिएका थिए। देउवाको कार्यकालमा अनुगमन क्रममा दोषी पुष्टि भइसकेका ठूला अस्पताल, सवारीसाधन विक्रेता, निजी विद्यालय र व्यवसायी पहुँच र चर्को दबाबका कारण उम्किन सफल भएका थिए। सवारीसाधनमा लागत मूल्य र सरकारले तोकेको मुनाफा दरभन्दा झन्डै २० लाखभन्दा बढी रकम असुल गर्ने व्यवसायीले पनि विभिन्न तालुकदार मन्त्रालयलाई प्रभावमा पारी हालसम्म उन्मुक्ति पाइरहेका छन्।
उद्योगी व्यवसायीको छाता संगठन नेपाल चेम्बर अफ कमर्स, उद्योग वाणिज्य महासंघलगायत संघसंस्थाले अहिले अर्थमन्त्री युवराज खतिवडा, आपूर्तिमन्त्री यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अनुगमन रोक्न चर्को लबिङ सुरु गरेका छन्। अर्थमन्त्री खतिवडाले न्यून बिजकीकरणको समस्या समाधान गर्न मुहान नै सफा गर्ने प्रतिबद्धता जनाइरहेको अवस्थामा बजारमा अराजक वातावरण बनाएका उद्योगी-व्यवसायीको पक्षमा आपूर्तिमन्त्री यादवले निर्देशन दिएको उपभोक्तावादी संघसंस्थाले आरोप लगाएका छन्।
उपभोक्तावादी ज्योति बानियाँले मन्त्री यादवको निर्देशनका कारण उद्योगी-व्यवसायीले आमउपभोक्ताको घाँटी निमोठ्ने अधिकार पाएको जानकारी दिए। बानियाँले भने, ‘उपभोक्ताको हितमा काम गर्ने मन्त्रालय सम्हाल्ने मन्त्रीले नै उपभोक्ताको घाँटी निमोठ्ने उद्योगी-व्यवसायीको साथ दिएपछि बजार झन् अराजक बन्ने भयो।’
Devraj Karki
अनि यी डराउने खालका त होइनन् भन्थे थला बसेकै हुन् अब।
Surendra Thapa
हैट माननीय किन कदम राेकियाे कि अायाे पैसाको बाेरा घरमै मा
Tubal Gunjan
Comred paisa milokikeho?
Rajendra Bajracharya
बाँदरले जतिफुर्ति देखाएपनि लौरोदेख्ने बित्तिकै पुच्छर लुकाएर भाग्छ
Madhab Bhatt
Paisa milyo hola ani k garthyo bichara#….
Ram Prasad Dahal
jo sukai ko dabab vaya pani aafnu kaam roknu hudain ni mantrijiu
Ram Rai
खाेकाई त राम्रै थियाे कतै चुनाव खर्चकाे ब्याज नै भएपनि मिलाउन लागे कि क्या हाे?
Dhurba Dhurba
परखाल लाई कुयिनाले भत्काउन सक्देेन हेेनर?
Mahendra Budhathoki
यो पनि तेतिकै चर्चामा आको गर्ने केही होइन
Prem Khadka
व्यापारीहरूकाे धम्कीले बजार अनुगमन नै गर्न राेक्ने मन्त्रीले अनेक फुर्ती के लगाउनु पक्कै सुभलाभमा परेकाे छ ।
Harka Rai
Jaha paisa audaina tyaha karbai hunxa.
Tirtha Prakash Manandhar
Muntari je aaba baypari haru ko aanumati lieara matra aanugama garna jane ho ki kaso.
Bhavishwor Pandey
Galat news
Tilak Gharti
Mantriko kamisan rokine dar vayohola. Yehi ta ho nepalko loktantra.
Chandra Poudel
दिमाक र तूक भएको मान्छे होईन यस्तासग जनताले जनकल्याणकारी काम गर्लान् भनि सोच्नु बेकार छ!
Bishnu Begha
Hami le ta hija ko matrika vaneko ta haina rahexa janta ta vram ma po rahexau Aaja byapari le fhamki diyo voli vrasta chari le dhamki dela yesto para le ta jasle dabab diyepani chupalagera basne rahexan ni ta ? Thul thula vasan kura haru bekar rahexa Aba Asha maryo matrika jiu tapai bata pani
Uttam Purush
कुरा के हाे ? यति छिटो गलेकै हुन त कमरेड?
Damodar Lamsal
कमिसनको पोको भेटेपछि त्यस्तैहो।धम्काएर कमाउन गयेका त हुन देश र जनताको हित गर्न गयेका हुनर?प्र म ,मन्त्री सबै ठूला गफ गर्ने काम सिन्को नभाच्ने सबै उस्तै।सबलाइ पैषा चाहिएकोछ त्यो भेटेपछि देश जनताको मतलव छैन।
Rai Man
Ramrai garechha guff ko bhaari paadko thhailo.
Rajendra Shah
मात्रीका जी किन बदलिनु भो लालबाबु त पुरानै पारामा छ त
Surya Bhakta Adhikari
Kura gmbir x
Prem Labad
जुनै जोगि आएनी कानै चिरेका मुखले जति बोल्दा नि हुन्छ जिब्रोको के जान्छ र
Narbahadaur Kunwar
Dekaihale ni Asali Chehera
Alok Basnet
Musumundera gaf auto kam auta
Mohan Kayasta
,bujhis sante .
Tilak Khatri
कसैको त भलो गरेछन
Pra Kash Bhattarai
दबाब होइन,पोइसा भेटो। मन्त्री लाई बेपारि को दबाब ? सुन्दै लाजमर्दो कुरो।
Chiran Bhattarai
यो पनि काहा सम्म को हो भन्ने कुरा त हामिलाइ थाहा छ नि धेरै बुलुक बुलुक ले ५ साल पछाडी के हुन्छ हेर्दैजा
Mohan Kayasta
Haina Hola? .
Badri Bahadur Kunwor
Aakhir kina ?
Gobind Kaila Parajuli
खर्च अभाव भा हाे कि?
Man Bahadur Lama
Thuiya, dhikkar 6
Tyo phurti kata harayo.kalanajaria ko sami ghutna tekne?
RudraNath Adhikari
हेर नेपालका मन्त्रीज्यूको हबिगत
Rajkumar Chauhan
हामी जनतालाई सक्दैनौ हौ मंत्री।……
Padam Raj
10 दिन मै यस्तो भयप्छी 5 बर्समा के हुन्छ
Damaru Ballab Poudel
सरकार र ब्यापारीको संबन्ध चोर र पुलिसको जस्तै हो।
Debendra Bhujel
अब यो मन्त्रीलाई पनि toilet मा थुन्नु पर्ने बेला भयो
Rudra Ghimire
Why
Saban Lama Tamang
Thukka muji xeruwa
Mangara Mahato
Darayera basne khale honan kyare .kehi bakai chha
Saroj Adhikari
पहिलाे दिनमा त खाेकाई गरेकाे गियाे अलि अलि हात पार्न लागेछ कया
Yograj Gautam
लौ नया जोगीले धरै खरानी घस्छ भन्थे हो कि क्याहो?
Keshav Poudel
Yo galt
Dipak Rai
Hoina kasto matri ho esto ??
Aafno kartabya puragarna daraune wa nasakne?
Esta matribat janataharu le k aash rakhne???
Baburam Rijal
Paisa.paya.hola.xodo.yo.pani.garu