शैक्षिक सुधारका लागि अक्षय कोष स्थापना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २, २०७४
|
|
१५ पटक हेरिएको
Shares
शैक्षिक सुधारका लागि अक्षय कोष स्थापना

सारांश

  • धनगढी, २ असार ।
  • कैलालीको गोदावरी नगरपालिका श्रीपुरस्थित शारदा माध्यमिक विद्यालयमा ‘सुदर्शन भट्ट अक्षय कोष‘ खडा गरिएको छ ।
  • स्थानीय समाजसेवी स्वर्गीय सुदर्शन भट्टको नाममा खडा गरिएको रु एक लाखको उक्त अक्षय कोषबाट प्राप्त हुने ब्याज रकमले विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री लगायत सहयोग प्रदान गरिने बताइएको छ ।

धनगढी, २ असार । कैलालीको गोदावरी नगरपालिका श्रीपुरस्थित शारदा माध्यमिक विद्यालयमा ‘सुदर्शन भट्ट अक्षय कोष‘ खडा गरिएको छ ।

स्थानीय समाजसेवी स्वर्गीय सुदर्शन भट्टको नाममा खडा गरिएको रु एक लाखको उक्त अक्षय कोषबाट प्राप्त हुने ब्याज रकमले विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री लगायत सहयोग प्रदान गरिने बताइएको छ ।

विद्यालयमा आज आयोजित एक समारोहबीच स्वर्गीय भट्टका छोरा तथा सोही विद्यालयका पूर्व छात्र एन्डिप्रकाश भट्ट र डा घनश्याम भट्टले संयुक्तरुपमा उक्त अक्षय कोष खडा गरिएको प्रधानाध्यापक भोजराज जोशीले बताउनुभयो ।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालराज चौधरी र स्थानीय समाजसेवी हेमप्रकाश उप्रेतीले अक्षय कोष खडा गर्ने भट्ट परिवारप्रति आभार व्यक्त गर्नुभयो ।

प्रधानाध्यापक जोशीले अक्षय कोष स्थापनाले विद्यालयमा शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्नका थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?