शौचालयको ढल महाकालीमै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १३, २०७४
|
|
२३ पटक हेरिएको
Shares
शौचालयको ढल महाकालीमै

सारांश

  • दार्चुला, १३ चैत ,  ‘घर घरमा शौचालय समुदायको सान, सन् २०१६ सम्म खुला दिसामुक्त दार्चुला हाम्रो अभियान’ मूल नाराका साथ थालिएको खुला दिसामुक्त अभियान दुई वर्ष ढिलाइ हुँदासमेत पूरा हुन सकेको छैन ।
  • जिल्लाको सरसफाइ रणनीतिक योजनाअनुसार सबै स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भई सक्दासमेत सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाको बजार क्षेत्रका दर्जनौँ घरघुरीले सिधै महाकाली नदीमा शौचालयको ढल मिसाएका कारण जिल्लाले घोषणा गर्न नसक्दा अभियान प्रभावित भएको थियो ।
  • सीमा क्षेत्रको पवित्र नदीका रुपमा रहेको महाकाली किनारमै घर बन्न थालेपछि नदी छेउछाउमा बढ्दै गएको अव्यवस्थित बस्ती र होटल व्यवसायका कारण प्रदूषित बन्ने क्रम बढ्दै गएको हो ।

दार्चुला, १३ चैत ,  ‘घर घरमा शौचालय समुदायको सान, सन् २०१६ सम्म खुला दिसामुक्त दार्चुला हाम्रो अभियान’ मूल नाराका साथ थालिएको खुला दिसामुक्त अभियान दुई वर्ष ढिलाइ हुँदासमेत पूरा हुन सकेको छैन ।

जिल्लाको सरसफाइ रणनीतिक योजनाअनुसार सबै स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भई सक्दासमेत सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाको बजार क्षेत्रका दर्जनौँ घरघुरीले सिधै महाकाली नदीमा शौचालयको ढल मिसाएका कारण जिल्लाले घोषणा गर्न नसक्दा अभियान प्रभावित भएको थियो ।

सीमा क्षेत्रको पवित्र नदीका रुपमा रहेको महाकाली किनारमै घर बन्न थालेपछि नदी छेउछाउमा बढ्दै गएको अव्यवस्थित बस्ती र होटल व्यवसायका कारण प्रदूषित बन्ने क्रम बढ्दै गएको हो । नदी किनारको बाङ्गाबगरदेखि पुलघाट हुँदै तिङ्कर खेडासम्मको बस्तीका घर तथा होटलको शौचालयबाट निस्कने फोहर सिधै महाकाली नदीमा मिसाइदै आएको छ ।

बजार क्षेत्रमा ९३ घरघुरीमा बिना सेफ्टिट्याङ्कीका शौचालयका ढल सिधै महाकाली नदीमा मिसाउने गरेको पाइए पनि खुल्ला दिशा मुक्ता जिल्ला घोषणाको तयारी हुन लाग्दा यसको विरोध हुँदै आएको थियो । आगामी वैशाख पहिलो साता जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने तयारीमा रहेको बताइएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Magarathuldai Thada

    महाकाली शौचालयको ढलमा होला महाकालिमा शौचालयको ढल होइन ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?