श्रीमान दु:खसँग पैसा कमाउने श्रीमती अर्कैसँग रमाइलो गरेर पैसा उडाउने (भिडिओ सहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
श्रीमान दु:खसँग पैसा कमाउने श्रीमती अर्कैसँग रमाइलो गरेर पैसा उडाउने (भिडिओ सहित)

सारांश

  • हाईलाईट्स नेपालबाट सार्वजनिक भएको छोटो समयमा धेरै राम्रो प्रतिक्रिया पाएको यो गीतको शब्द तथा संगीत रोमी मगरकै रहेको छ ।
  • सुन्दर लामाको एरेन्जमेन्टमा तयार उक्त गीत तराना रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
  • सत्यतथ्य घटनामा आधारित उक्त गीतमा श्रीमान्हरु विदेशमा पसिना बगाएर घरमा श्रीमती, बालबच्चाहरुलाई पैसा पठाउछ ।

हाईलाईट्स नेपालबाट सार्वजनिक भएको छोटो समयमा धेरै राम्रो प्रतिक्रिया पाएको यो गीतको शब्द तथा संगीत रोमी मगरकै रहेको छ । सुन्दर लामाको एरेन्जमेन्टमा तयार उक्त गीत तराना रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

सत्यतथ्य घटनामा आधारित उक्त गीतमा श्रीमान्हरु विदेशमा पसिना बगाएर घरमा श्रीमती, बालबच्चाहरुलाई पैसा पठाउछ । यता श्रीमतीहरु भने अर्कै केटाहरुसंग मोजमस्ति गरेर पैसा उडाउँछन् र श्रीमान् घर आउँदा श्रीमती पोईला गईसक्छ । यो समस्या अधिकांश दाजुभाईहरुले भोगिरहेको समस्या हो । यस्तै यस्तै घटनालाई आधारित बनाएर तयार यस गीतको उद्देश्य चाही आउने दिनहरुमा यस्ता विकृति रोकियोस् र सभ्य र अनुशासित समाज निर्माण होस् भन्ने रहेको छ ।

भिडियोलाई गायक स्वयं मगरले निर्देशन गरेका छन् भने छायांकन र सम्पादन ईशक जबेगुको रहेको छ । गोविन्द प्रभातको कोरियोग्राफि रहेको यस भिडियोमा चर्चित हास्य कलाकार निरु खड्काको साथमा कृष्ण रसाल, दिपेन, सुस्मिता र रोमीको अभिनयलाई देख्न सकिन्छ ।

(fiberclean.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?