संविधान कार्यान्वयनको ठोस आधार तयारः नेम्वाङ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
४० पटक हेरिएको
Shares
संविधान कार्यान्वयनको ठोस आधार तयारः नेम्वाङ

सारांश

  • इलाम, २२ असार ।
  • नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले स्थानीय तहको निर्वाचनले संविधानको ठोस कार्यान्वयनका लागि आधार तयार गरेको बताउनुभएको छ ।
  • इलाम नगरपालिकामा आज आयोजित नवनिर्वाचित प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको सपथ ग्रहण समारोहमा उहाँले तोकिएकै समयमा प्रदेश नं २ को पनि निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

इलाम, २२ असार । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले स्थानीय तहको निर्वाचनले संविधानको ठोस कार्यान्वयनका लागि आधार तयार गरेको बताउनुभएको छ ।

इलाम नगरपालिकामा आज आयोजित नवनिर्वाचित प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको सपथ ग्रहण समारोहमा उहाँले तोकिएकै समयमा प्रदेश नं २ को पनि निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वसभामुखसमेत रहनुभएका नेता नेम्वाङले संविधानले तोकेको समय सीमा भित्रै निर्वाचन सम्पन्न गराएर संविधानको कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृत नवराज दाहालले इलाम नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्षलाई आज पद तथा गोपनीयताको सपथ गराउनुभयो । सपथ ग्रहणपश्चात प्रमुख, उपप्रमुख तथा वडाध्यक्षले पदभारसमेत ग्रहण गर्नुभयो ।

वडा सदस्यलाई नगर प्रमुख महेश बस्नेतले सपथ गराउनुभयो । नवनिर्वाचित पदाधिकारीलाई इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले स्वागत गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?