संविधान संशोधनका लागि सबै दल मिल्नुपर्ने : नेता केसी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १९, २०७४
|
|
१५ पटक हेरिएको
Shares
संविधान संशोधनका लागि सबै दल मिल्नुपर्ने : नेता केसी

सारांश

  • काठमाडौँ।
  • नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सबै दल मिल्नुपर्ने बताएका छन् ।
  • रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता केसीले सरकारले चाहेर मात्र संविधान संशोधन हुन नसक्ने भएकाले सबै दल मिल्नाको विकल्प नरहेको र संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताए ।

काठमाडौँ। नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सबै दल मिल्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता केसीले सरकारले चाहेर मात्र संविधान संशोधन हुन नसक्ने भएकाले सबै दल मिल्नाको विकल्प नरहेको र संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताए ।

नेता केसीले पार्टीभित्रको आन्तरिक कलहका कारण स्थानीय तहको निर्वाचनमा पार्टी दोस्रो हुन पुगेको विचार व्यक्त गर्दै निर्वाचनमा असहयोग गर्ने पार्टीका नेता, कार्यकर्तालाई कारबाही गर्नुपर्ने बताए । ए । उनले तेस्रो चरणको निर्वाचनको वातावरण बनाउनका लागि मधेस केन्द्रित दलले राखेका मागलाई मुख्य राजनीतिक दल बसेर सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

नेकपामाओवादी केन्द्रका नेता हरिबोल गजुरेलले मधेसका समस्या समाधान गर्न संविधान संशोधनका लागि सत्ता पक्षसँगै प्रतिपक्षी दल पनि गम्भीर हुनुपर्ने बताए । उनले पार्टी विभाजनको असर स्थानीय तहको निर्वाचनमा परेको स्पष्ट पारे ।

राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले राजपासँग सरकारले गरेका सम्झौता पूरा नगरे आफूहरु निर्वाचनमा नजाने अडान दोहो¥याए । उनले भने, “सरकारले आँट गरे संविधान संशोधन हुन सक्छ ।”

नेता सुमनले आफूले राखेका माग सरकारले सम्बोधन नगरे एक/दुईदिनभित्र आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिइने चेतावनी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?