संसदको चालू हिउँदे अधिवेशनमै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री यादव

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
४४ पटक हेरिएको
Shares
संसदको चालू हिउँदे अधिवेशनमै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री यादव

सारांश

  • काठमाडौं, १३ पुस ।
  • संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान संविधानले देश नचल्ने बताउँदै तत्काल संशोधन गर्नुपर्ने बताए ।
  • उनले भने,‘यो संविधानले देश चल्दैन् ।

काठमाडौं, १३ पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान संविधानले देश नचल्ने बताउँदै तत्काल संशोधन गर्नुपर्ने बताए । उनले भने,‘यो संविधानले देश चल्दैन् । जति चाँडो संविधान संशोधन गर्यो, त्यति चाँडो मुलुकले बाटो पाउँछ ।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले संविधान संशोधन गराउने समझदारीका आधारमा नै आफूहरु सरकारमा सहभागी भएको स्पष्ट पारे । उनले भने,‘संविधान संशोधन गराउन र मुलुकमा भएका सबैखाले विकृति तथा विसंगतिहरुको अन्त्य गर्ने समझदारीका आधारमा हामी सरकारमा सहभागी भएका हौं ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका अध्यक्ष यादवले संविधान संशोधन नगरेसम्म मुलुकले बाटो नपाउने ठोकुवा गरे । उनले भने,‘संशोधन गराउनको लागि हाम्रो प्रयत्न भैरहेको छ । संविधान संशोधन नभएसम्म मुलुकले स्थिरता पनि पाउँदैन् । अहिले मुलुक अलमलिएको छ । मुलुकलाई यो अलमलपनाबाट बाहिर निकालेर अब अगाडि बढाउनुपर्छ। यसको लागि चाँडोभन्दा चाँडो संशोधन संशोधनको विद्येयक अगाडि बढाउनुपर्छ ।’

मन्त्री यादवले संसदको यही चालू हिउँदे अधिवेशनमै संविधान संशोधनको विद्येयक दर्ता हुने र पारित पनि हुने विश्वास दिलाए । उनले भने,‘यदि संशोधन प्रस्ताव दर्ता भएन भने जनतामा सरकारप्रति अविश्वास हुन्छ । जनताको विश्वास गुमेपछि राजनीति काम लाग्दैन् ।’

सरकारको दश महिनाको उपलब्धि के हो त भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,‘सरकारको उपलब्धि भनेको निरन्तर सरकार चलिरहेको छ । हामीले यो सरकार दुई तिहाई हो भनेर भन्न पाएका छौं । सरकार स्थिर छ । कसैले हल्लाएर हल्लिँदैन् । संसदमा विपक्षी छैन । सत्तापक्षका नेताहरुले प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छन् । सरकारलाई हाईसञ्चो छ ।’

मन्त्री यादवले सरकारले यो दश महिनाको अवधिमा मौलिक हकसम्बन्धी कानुन निर्माण गरेको, जंगबहादुर राणाले बनाएको १८५४ को मुलुकी ऐन प्रतिस्थापन गरेको, केही समयलाई भएपनि राजनीतिक स्थिरता भएको र प्रयास गर्दा अब विकासको लागि आधार तयार भएकोलगायत यो सरकारले गरेका राम्रा कामको फेहरिस्त सुनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बक्यौता रकम नतिर्ने उद्योगहरुको काटिएको लाइन जोड्ने विद्युत प्राधिकरणको निर्णय
बक्यौता रकम नतिर्ने उद्योगहरुको काटिएको लाइन जोड्ने विद्युत प्राधिकरणको निर्णय
मेयर चाैधरीका कारण राेकिन पुग्याे ६ लेनको सडक!
मेयर चाैधरीका कारण राेकिन पुग्याे ६ लेनको सडक!
विद्यासुन्दर शाक्य लगनस्थित मतदान केन्द्रबाट मतदान गर्दै।
विद्यासुन्दर शाक्य लगनस्थित मतदान केन्द्रबाट मतदान गर्दै।
यी हुन् माओवादी केन्द्रबाट मन्त्री बन्ने सौभाग्य पाएका नेता
यी हुन् माओवादी केन्द्रबाट मन्त्री बन्ने सौभाग्य पाएका नेता
दक्षिणी चीन सागरमा चिनियाँ बम वर्षक विमान तैथानको अर्थ के हो ?
दक्षिणी चीन सागरमा चिनियाँ बम वर्षक विमान तैथानको अर्थ के हो ?
परवेज मुशर्रफ: मृत्युदण्ड दिने निर्णयप्रति पाकिस्तानी सेनाको कडा आपत्ति
परवेज मुशर्रफ: मृत्युदण्ड दिने निर्णयप्रति पाकिस्तानी सेनाको कडा आपत्ति
९६ स्थानीय तहको मत परिणाम सार्वजनिक कांग्रेस पहिलाे, एमाले दाेस्राे
९६ स्थानीय तहको मत परिणाम सार्वजनिक कांग्रेस पहिलाे, एमाले दाेस्राे
Meet reel life LK Advani and Lalu Prasad Yadav from Anupam Kher starrer ‘The Accidental Prime Minister’
Meet reel life LK Advani and Lalu Prasad Yadav from Anupam Kher starrer ‘The Accidental Prime Minister’
सेक्सको कारण ज्यान गुमाउने यी महारानी
सेक्सको कारण ज्यान गुमाउने यी महारानी
प्रतिकूल समयमा सङ्घीय संसद्को भूमिका झनै महत्वपूर्ण हुन्छ : सभामुख (अन्तर्वार्ता)
प्रतिकूल समयमा सङ्घीय संसद्को भूमिका झनै महत्वपूर्ण हुन्छ : सभामुख (अन्तर्वार्ता)