सगरमाथा आरोहण गर्ने पत्रकार महिलालाई महासंघको लोगो अंकित झण्डा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ४, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सगरमाथा आरोहण गर्ने पत्रकार महिलालाई महासंघको लोगो अंकित झण्डा

सारांश

  • काठमाडौं, ४ बैशाख ।
  • नेपाल पत्रकार महासंघले सगरमाथा आरोहण गर्ने पत्रकार महिलालाई सफलताको शुभकामना दिँदै महासंघको लोगो अंकित झण्डा हस्तान्तरण गरेको छ ।
  • महासंघमा आज भएको कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघको सदस्यले सगरमाथा आरोहण गर्नु सिंगो महासंघले आरोहण गर्नुसरह हो भन्दै सफल आरोहणको शुभकामना दिए ।

काठमाडौं, ४ बैशाख । नेपाल पत्रकार महासंघले सगरमाथा आरोहण गर्ने पत्रकार महिलालाई सफलताको शुभकामना दिँदै महासंघको लोगो अंकित झण्डा हस्तान्तरण गरेको छ ।

महासंघमा आज भएको कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघको सदस्यले सगरमाथा आरोहण गर्नु सिंगो महासंघले आरोहण गर्नुसरह हो भन्दै सफल आरोहणको शुभकामना दिए । अध्यक्ष आचार्यले महिला पत्रकारको सगरमाथा आरोहणले महिलाको साहसलाई विश्वमै उजागर गर्ने धारणा राखेका थिए ।

महासंघका उपाध्यक्ष विपुल पोखरेलले पत्रकार महिलाको सफल आरोहणले नेपाली पत्रकारलाई नै सगरमाथा आरोहणको आभास दिलाउने धारणा व्यक्त गरे । आरोहण गर्ने पत्रकार महिलाको तर्फबाट बोल्दै पत्रकार देउराली चाम्लिङले मे महिनाको १५ देखि २९ भित्र सगरमाथा आरोहण गर्ने लक्ष्य रहेको बताइन् ।

देउराली चाम्लिङ, कल्पना महर्जन, प्रियालक्ष्मी कार्की, रोजिता बुद्धचार्य र रोशा बस्नेत सगरमाथा आरोहणका क्रममा भोलि सोलुखुम्बु जिल्लाको लुक्ला जाने कार्यक्रम छ । आरोहीहरुले सगरमाथाको चुचुरोबाट नेपाल टेलिभिजनमा आरोहणका प्रत्यक्ष प्रसारण गर्ने कार्यक्रम रहेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?