सञ्चमायाँ लिम्बुको गाईको बाछोले टेकेर मृत्यु
सारांश
- तेह्रथुम – म्याङलुङ नगरपालिका १० तम्फुला बस्ने वर्ष ६२ की सञ्चमायाँ लिम्बुको गाईको बाछोले टेकेर मृत्यु भएको छ ।
- गोठमा बाँधिएको बाछो चलाउने क्रममा बाछो तर्सिर उर्फिदा लडेकी वृद्धा सञ्चमायाँलाई सोही बाछोले टेकेको पारिवारिक श्रोतले जाएको छ ।
- गाईको बाछोले टेकेर घाइते भएकी सञ्चमायाँको जिल्ला अस्पतालमा उपचारकै क्रममा गए राती मृत्यु भएको हो ।
तेह्रथुम – म्याङलुङ नगरपालिका १० तम्फुला बस्ने वर्ष ६२ की सञ्चमायाँ लिम्बुको गाईको बाछोले टेकेर मृत्यु भएको छ । गोठमा बाँधिएको बाछो चलाउने क्रममा बाछो तर्सिर उर्फिदा लडेकी वृद्धा सञ्चमायाँलाई सोही बाछोले टेकेको पारिवारिक श्रोतले जाएको छ ।
गाईको बाछोले टेकेर घाइते भएकी सञ्चमायाँको जिल्ला अस्पतालमा उपचारकै क्रममा गए राती मृत्यु भएको हो । आर्थिक अभावका कारण थप उपचारको लागि जिल्ला बाहिर लैजान नसक्दा जिल्ला अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको चिकित्सकले बताएका छन् ।
यसै बीच सर्पले डसेर म्याङलुङ नगरपालिकाका ९ बस्ने ४५ वर्षीय चन्द्रध्वोज लिम्बु घाइते भएका छन् । चर्पी जाने क्रममा खुट्टामा सर्पले डसेर घाइते भएका चन्द्रध्वोजको अहिले जिल्ला अस्पतालका उपचार भैरहेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया