सत्ताबिना पनि बाँच्न सकिन्छ भन्ने बानी पार्नुप¥यो ःओली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १६, २०७४
|
|
१७ पटक हेरिएको
Shares
सत्ताबिना पनि बाँच्न सकिन्छ भन्ने बानी पार्नुप¥यो ःओली

सारांश

  • काठमाडौँ, १६ जेठ ।
  • नेकपा (एमाले)ले आफू र आफ्ना छिमेकीका आर्थिक समृद्धिका लागि चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’(ओबोर) अवधारणामा नेपालको हस्ताक्षर ऐतिहातिक र कोसेढुङ्गा रहेको जनाएको छ ।
  • परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यु होङले सो अवधारणाको समझदारीपत्रमा गत वैशाख २९ गते हस्ताक्षर गर्नुभएको थियो ।

काठमाडौँ, १६ जेठ । नेकपा (एमाले)ले आफू र आफ्ना छिमेकीका आर्थिक समृद्धिका लागि चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’(ओबोर) अवधारणामा नेपालको हस्ताक्षर ऐतिहातिक र कोसेढुङ्गा रहेको जनाएको छ ।

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यु होङले सो अवधारणाको समझदारीपत्रमा गत वैशाख २९ गते हस्ताक्षर गर्नुभएको थियो । विशेष गरी सम्झौताले नेपाल र चीन सडक सञ्जालले जोड्ने र यसका माध्यमबाट नेपालमा चिनियाँ लगानी आई नेपालको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।

ओबोरबाट नेपालको समृद्धि
एमालेका अध्यक्ष ओलीले ओबिओआरसम्बन्धी आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो अवधारणाले चीनको मात्र समृद्धि हुँदैन नेपालको पनि समृद्धि नयाँ उचाइमा पुग्छ भन्नुभयो । पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “छिमेकीलाई साथ र सहयोग लिई आफू र आफ्ना छिमेकीको हित गर्न चीनले यो अवधारणा ल्याएको हो, यसले नेपालको आर्थिक समृद्धिको नयाँ ढोका खुलाउँछ ।”

आफू प्रधानमन्त्री भएका समयमा चीनमा आयोजित ओबोर अवधारणासम्बन्धी सम्मेलनमा आफू सहभागी भएको स्मरण गर्दै नेपालले सो अवधारणा हस्ताक्षर गरी नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताउनुभयो ।

अर्काे प्रसङ्गमा ओलीले छिटो छिटो सत्तामा पुग्ने चाहनाले दिगो आर्थिक विकासमा बाधा पु¥याइरहेको बताउँदै राजनीतिक स्थिरताले मात्र आर्थिक समृद्धि हुने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सत्ताबिना पनि बाँच्न सकिन्छ भन्ने बानी पार्नुप¥यो, पानीबिनाको माछाजस्तो हुनुभएन, देशको समृद्धिका लागि सत्ता स्वार्थ त्याग्नुप¥यो ।”

सो अवसरमा नेपाली काँग्रेसका नेता डा रामशरण महतले ओबोर अवधारणाले नेपाल भूपरिवेष्टितबाट भूजडित हुने बताउँदै यसबाट नेपालमा सडक सञ्जाल विस्तार, रेलमार्गको निर्माण, नेपालमा चिनियाँ लगानीजस्ता विषयमा नेपाललाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल परम्परागत रुपमा रेसममार्गको उत्कृष्ट नमुना रहेको बताउँदै आर्थिक समृद्धि हासिल गर्न दिगो विकास र राजनीतिक स्थिरता आवश्यक रहेकामा जोड दिनुभयो ।

इन्टरनेसनल कन्सर्न सेन्टरद्वारा आयोजित कार्यक्रममा सेन्टरका अध्यक्ष डा अञ्जना शाक्य र महासचिव डा गोपाल पोखरेलले ओबोर अवधारणाबाट नेपालले लाभ लिन सक्ने बताउनुभयो ।

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Lokesh Gee Cee

    बिचरा केपि ओलि बौलाउने भएछ ।।

    Comment Author

    Binod Kumar Kohli

    satta bahir baser xatpati hudaixa ukhane ba lai!

    Comment Author

    Santosh Subedi

    Gindagima pahilo choti ramro bolexa. Tyo Pani vitra Kati poleko hola!

    Comment Author

    Ram Krishna Mainali

    १२ बषमा १० बष सरकारमा बसेका छाै, अझै पुगेन ?

    Comment Author

    Narbdr Godar

    6 jana upa kina chahiyako thiyo samjhana chha ki

    Comment Author

    शिबजी थापा थापा

    Good

    Comment Author

    Bedhari Guragain

    काग काग……..

    Comment Author

    Hari Bhusal

    राम्रो कुरो गरे बुढाले

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शक्ति देखाउने भन्दै हाम फालेका झाँक्रीको मृत्यु
शक्ति देखाउने भन्दै हाम फालेका झाँक्रीको मृत्यु
सबै भुक्तानी असार २४ गतेभित्र गरिसक्न परिपत्र
सबै भुक्तानी असार २४ गतेभित्र गरिसक्न परिपत्र
पूर्व युवराजको स्वास्थ्य अझै स्थिर, खतरामुक्त नभई सकेको नर्भिक अस्पतालको विज्ञप्ति
पूर्व युवराजको स्वास्थ्य अझै स्थिर, खतरामुक्त नभई सकेको नर्भिक अस्पतालको विज्ञप्ति
बिजुली पुगेपछि कुलमान घिसिङकाे नाममा गाउँको नाम परिवर्तन
बिजुली पुगेपछि कुलमान घिसिङकाे नाममा गाउँको नाम परिवर्तन
इजरायलमा संसदको निर्वाचन, नेतान्याहूको अग्निपरीक्षा
इजरायलमा संसदको निर्वाचन, नेतान्याहूको अग्निपरीक्षा
लालु यादवलाई १४ बर्ष जेल सजाय
लालु यादवलाई १४ बर्ष जेल सजाय
प्रधानमन्त्री गृहजिल्ला डडेल्धुराको अजयमेरुमा कांग्रेसको आधिकारिकभन्दा बागी अगाडि
प्रधानमन्त्री गृहजिल्ला डडेल्धुराको अजयमेरुमा कांग्रेसको आधिकारिकभन्दा बागी अगाडि
“букмекерская Контора Мостбет: Ставки На Спорт И Казино Онлай
अमेरिकीले लगायो ४० सरकारी इरानी अधिकारी माथि प्रतिबन्ध
अमेरिकीले लगायो ४० सरकारी इरानी अधिकारी माथि प्रतिबन्ध
साउदी अरब: महिलालाइ गाडी चलाउन दिएकाे बिराेधमा कारमा अागजनी
साउदी अरब: महिलालाइ गाडी चलाउन दिएकाे बिराेधमा कारमा अागजनी

तपाईंले छुटाउनुभयो कि?