सत्तारुढ दलबिचमा चरम असन्तुष्टि, मन्त्री परिषदको विस्तारको महाभारत ,अझै टुङ्गो लागेन..

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १, २०७४
|
|
४० पटक हेरिएको
Shares
सत्तारुढ दलबिचमा चरम असन्तुष्टि, मन्त्री परिषदको विस्तारको महाभारत ,अझै टुङ्गो लागेन..

सारांश

  • साउन १    काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा चयन भएको एक महिना बितिसेकेको छ ।
  • तर, अहिलेसम्म उनको नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
  • मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाईलाई लिएर सत्तारुढ दल काँग्रेस र माओवादीभित्र असन्तुष्टि पनि देखिएका छन् ।

साउन १    काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा चयन भएको एक महिना बितिसेकेको छ । तर, अहिलेसम्म उनको नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाईलाई लिएर सत्तारुढ दल काँग्रेस र माओवादीभित्र असन्तुष्टि पनि देखिएका छन् । काँग्रेसभित्र रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले चाँडो मन्त्रीपरिषद विस्तारका लागि पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई दवाव दिएका छन् ।

प्रधानमन्त्री र सत्तागठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चाहीँ विभिन्न कारण देखाएर मन्त्रिपरिषद् विस्तारमा ढिलाई गरिरहेका थिए । तर, अव संविधान संशोधनमा दुई तिहाईको सम्भावनाका खेल तत्कालका लागि सकिएपछि प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तार गर्ने सोचमा पुगेका छन् ।

मंगलबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी रहेको काँग्रेस निकट स्रोत बताउँछ । यद्यपि अहिलेसम्म मन्त्रिहरुको नाम र मन्त्रालयको बाँडफाँडको विवाद अझै टुंगिएको छैन ।

 

कसरी भयो ढिलाई ?

जव देउवा जेठ २३ मा प्रधानमन्त्रीमा चयन भए थिए, उनले २४ जेठमा सपथ लिए र कार्यभार सम्हाले । देउवावाहेक त्यसदिन तीन उपप्रधानमन्त्रीसहित ७ मन्त्रीले सपथ लिए । तर, त्यसपछि मन्त्रिपरिषद् विस्तार भएको छैन । अहिले प्रधानमन्त्रीका भागमा २३ मन्त्रालय छन् । मन्त्रीबिनाका मन्त्रालयको काम पनि प्रभावित भएको छ ।

प्रधानमन्त्रीले पहिलो चरणमा सात मन्त्रीसहित मन्त्रिपरिषद् बनापछि जेठ मसान्तसम्म दोस्रो चरणमा मन्त्रिपरिषद विस्तार गर्ने योजना बनाएका थिए । तर, सत्तारुढ दलभित्र मन्त्री चयनलाई लिएर भएको विवादले मन्त्रिपरिषद् विस्तार जेठमसान्तसम्म हुन सकेन ।
असार लागेपछि प्रधानमन्त्री देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जानी–जानी मन्त्रिपरिषद विस्तार १५ दिन ढिला गरे । यो उनीहरुको रणनीतिक योजना थियो ।
चुनाव अगाडिसम्म मन्त्रिपरिषद् विस्तार ढिलाईमा सत्तारुढ दलकै शीर्ष नेताहरुको रणनीतिले काम गरेको थियो । प्रधानमन्त्री देउवा र माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीभित्रका अन्तरविरोध चुनाव अगाडि सतहमा नआउन भन्नका लागि मन्त्रिपरिषद् विस्तारको समय पछाडि धकेलेका थिए ।
चुनाव अगाडि मन्त्रिपरिषद् विस्तार गर्दा दुवै पार्टीभित्र अन्तरविरोध बढ्ने र त्यसले चुनावी नतिजा प्रभावित पार्ने देउवा–प्रचण्डको बुझाई थियो । चुनाव अगाडि केही नेतालाई मन्त्री बनाउँदा उनीहरु असन्तुष्ट हुने र स्थानीय तहको चुनाव प्रभावित पार्न सक्ने देउवा र प्रचण्डको बुझाई थियो । यहीँ कारण उनीहरुले असार १४ गतेसम्मका लागि मन्त्रिपरिषद् विस्तार रोकेका थिए । यद्यपी बाहिर चाहीँ मन्त्रिपरिषद् विस्तारको चर्चा भने भैरहेको थियो ।
असार १४ गतको दोस्रो चरणको स्थानीय तहको चुनावपछि मन्त्रीपरिषद् विस्तार गर्ने योजनालाई फेरिक केही दिनका लागि रोकियो र कारण देखाइयो संविधान संशोधन । प्रधानमन्त्री असार तेस्रो सातातिर मन्त्रिपरिषद् विस्तारको काम रोकेर संविधान संशोधनको गृहकार्यमा लागे । चुनावलगत्तै सरकार र सत्तारुढ दल संविधान संशोधनको गृहकार्य र संवादमा जुटे । संविधान संशोधनको गृहकार्य भैरहदा मन्त्रिपरिषद् विस्तारले प्रभावित गर्न सक्ने भन्दै चुनाव लगत्तै गर्ने भनिएको मन्त्रीपरिषद विस्तारको काम साउनको पहिलो सातासम्मका लागि धकेलिएको थियो ।
सरकारले असोज २ का लागि प्रदेश नम्वर २ मा स्थानीय तहको चुनावको घोषणा गरेको छ । तर, आफ्ना माग पुरा नभएसम्म चुनावमा जान राष्ट्रिय जनता पार्टीले मानेको छैन । उसलाई चुनावमा भाग लिने सुनिश्चता गराउने सरकारको योजना छ । यसैका लागि प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तारको काम रोकेर संशोधनको वातवरण बनाउन थालेका थिए ।
यसका लागि सरकारले राजपासँगै परामर्श गरेर संविधान संशोधन विद्येयक अगाडि बढाउने तयारी गरेको थियो । यस्तो अबस्थामा एक–दुई सांसदको पनि महत्व हुने भएकाले सरकारले त्यहाँ नजर लगाईरहेको थियो । संशोधन प्रस्ताव अगाडि बढे सरकारले साना दललाई विश्वासमा लिने सोच बनाएको थियो । यसका लागि उनीहरुलाई मन्त्रीको ‘अफर’ दिएर संशोधन प्रस्तावका लागि सहमत बनाउने सरकारको योजना थियो ।
तर, असार अन्तिम साता संसदमा पेश गर्ने भनिएको संशोधन प्रस्ताव तत्कालका लागि रोकिएको छ । अव संशोधन प्रक्रिया केही समय अगाडि नबढने सम्भावना छ । यस्तो अबस्थामा प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि असार अन्तिममा वैंकक गएका थिए । उनी आइतवार मात्र काठमाडौं फर्के । अव मंगलवार मन्त्रिपरिषद् विस्तारको तयारी भैरहेको छ ।
संशोधन प्रस्ताव तत्काल अगाडि नबढने अबस्थामा काँग्रेस, माओवादी र फोरम लोकतान्त्रिकका तर्फबाट मात्र मन्त्री थपेर सरकारलाई पूर्णता दिने सत्तारुढ दलको तयारी छ । राप्रपालाई पनि प्रधानमन्त्रीले सरकारमा सहभागी हुन आग्रह गरेका छन् । राप्रपाले सरकारमा सहभागी हुने–नहुने अझै सुनिश्चता गरेको छैन ।
मन्त्रिपरिषद् विस्तारमा ढिलाईको अर्को कारण हो, सत्तारुढ दलबीच भएको विवाद । मन्त्रीहरुका आकांक्षी धेरै भएपछि प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवा र माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड तनावमा छन् । काँग्रेसभित्र पहिलो चरणमा देउवा समूहका तीन मन्त्री मात्र गएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहबाट देउवा सरकारमा पहिलो चरणमा कोही नेता पनि मन्त्री भएनन् । अहिले पौडेल र सिटौला समूहले चुनाव अगाडि नै मन्त्रिपरिषद् विस्तार गर्न देउवालाई दवाव दिएका छन् ।
काँग्रेसमा जस्तै माओवादीभित्र पनि मन्त्रीका लागि महाभारत छ । पार्टी वैठकमा नेताहरुबीच मन्त्रीका विषयमा विवाद नै भएको छ । पटक–पटक एउटै व्यक्तिलाई अवसर दिएको भन्दै नेताहरुले पार्टी अध्यक्ष प्रचण्डको आलोचना गरेका छन् ।
कार्यदलमा वार्ता धेरै
सत्तारुढ काँग्रेस र माओवादीले सरकारमा सहभागी हुन चाहने अन्य दललाई समेत समेटेर मन्त्रालय बाँडफाँड गर्ने गरी एक कार्यदल बनाएका छन् । कार्यदलमा काँग्रेसका तर्फबाट बिमलेन्द्र निधि र रमेश लेखक तथा माओवादीका तर्फबाट उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा र बर्षमान पुन छन् ।
शेरबहादुर देउवा प्रधानमन्त्री हुनु अगाडि नै यो कार्यदलले काम थालेको थियो । तर, अहिलेसम्म मन्त्रालय बाँडफाँडको लफडा चाहीँं टुंगाएको छैन । दुवै पक्षले राम्रा मन्त्रालयमा आँखा लगाएपछि समस्या आएको थियो ।
यस अघि ११ मन्त्रालय कांग्रेस र ९ मन्त्रालय माओवादीले लिएर अन्य साना दललाई दिने सैद्धान्तिक सहमति भए पनि कुन–कुन मन्त्रालय भन्ने अन्तिम टुंगो लागेको छैन । यो एउटा कारण मन्त्रिपरिषद् विस्तारमा समस्या बनेर आएको छ । पहिला विना विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका प्रभु साहले चाहीँ शहरी विकास मन्त्रालयको जिम्मा लिएका छन् ।
अहिलेसम्म सत्तारुढ दल काँग्रेस, माओवादी र लोकतान्त्रिक फोरमबीच ७ मन्त्रालय मात्र टुंगिएको छ । कांग्रेसले अर्थ, शिक्षा र श्रम मन्त्रालय लिइसकेको छ । त्यस्तै माओवादी केन्द्रले परराष्ट्र, गृह र शहरी विकास मन्त्रालय पाएको छ । लोकतान्त्रिक फोरमले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय लिएको छ ।
काँग्रेसले शिक्षा मन्त्रालय लिएकाले अव स्वास्थ्य मन्त्रालय माओवादी कोटामा पर्ने भएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोलिदेखि सुरु हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा
भोलिदेखि सुरु हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा
काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ
काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ
सिद्धार्थ राजमार्ग अवरुद्ध
सिद्धार्थ राजमार्ग अवरुद्ध
खेलको पहिलो ओभरमै नेपालललाई अर्को सफलताः सोमपालले लिए अर्को विकेट
खेलको पहिलो ओभरमै नेपालललाई अर्को सफलताः सोमपालले लिए अर्को विकेट
ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट २ साताका लागि बन्द
ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट २ साताका लागि बन्द
माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ
माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ
खोरेत रोगले छ बाच्छाबाच्छी मरे, तीनसय बढीमा सङ्क्रमण
खोरेत रोगले छ बाच्छाबाच्छी मरे, तीनसय बढीमा सङ्क्रमण
८० जना जिल्ला न्यायाधीशको विवाद संवैधानिक इजलासमा
८० जना जिल्ला न्यायाधीशको विवाद संवैधानिक इजलासमा
कम्युनिष्ट ट्रेड युनियन पनि एकता प्रक्रियामा !
कम्युनिष्ट ट्रेड युनियन पनि एकता प्रक्रियामा !
जेठ ६ गतेको राशीफल यस्तो छ, थाहा पाउनुस आजको आफ्नो शुभ अंक