सन् २०१८ मा १० लाख बढी पर्यटक भित्रिए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सन् २०१८ मा १० लाख बढी पर्यटक भित्रिए

सारांश

  • काठमाडौं, १७ पुस ।
  •  नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका हिसाबले सन् २०१८ उल्लेख्य रहेको दावी गरेको छ ।
  • यो वर्ष अहिले सम्मकै सबैभन्दा धेरै १० लाख बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

काठमाडौं, १७ पुस । नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका हिसाबले सन् २०१८ उल्लेख्य रहेको दावी गरेको छ । यो वर्ष अहिले सम्मकै सबैभन्दा धेरै १० लाख बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

बोर्डको तथ्याङ्क अनुसार सन् २०१८ को ११ महीनामै १० लाख एक हजार ९ सय ३० विदेशी पर्यटक नेपाल आएका छन् । सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सन् २०१६ मा ७ लाख ५३ हजार पर्यटक आएका थिए । पर्यटनको लागि महत्वपूर्ण मानिएको पुरातात्विक महत्वको राष्ट्रिय गौरव धरहराको शिलान्यास गत साता मात्रै गरिएको छ भने बौद्ध स्तुपा लगायत १ सय ३५ वटा सम्पदाको पुर्ननिमार्ण सम्पन्न भइसकेको छ ।

३ सय ९ वटा सांस्कृतिक सम्पदाको पुर्ननिमाण जारी रहेको राष्ट्रिय पुर्ननिमाण प्राधिकरणको तथ्याङ्क छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?