सप्तरीको अस्पतालमा निर्माणाधीन प्रसूति गृहको ठेक्का रद्द गरिँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०७५
|
|
१९ पटक हेरिएको
Shares
सप्तरीको अस्पतालमा निर्माणाधीन प्रसूति गृहको ठेक्का रद्द गरिँदै

सारांश

  • काठमाडौं, १० पुस ।
  • सप्तरी राजविराजको सगरमाथा अञ्चल अस्पतालमा निर्माणाधीन प्रसूति गृहको ठेक्का रद्द गर्ने प्रकृया सुरु भएको छ ।
  • भारतको लगानीमा निर्माणाधीन प्रसूति गृहको ठेक्का रद्द गर्ने प्रकृया सुरु भएको हो ।

काठमाडौं, १० पुस । सप्तरी राजविराजको सगरमाथा अञ्चल अस्पतालमा निर्माणाधीन प्रसूति गृहको ठेक्का रद्द गर्ने प्रकृया सुरु भएको छ । भारतको लगानीमा निर्माणाधीन प्रसूति गृहको ठेक्का रद्द गर्ने प्रकृया सुरु भएको हो ।

वर्षौँ बितिसक्दा पनि ठेकेदार कम्पनीले निर्माणको काम नसकेपछि ठेक्का रद्द गर्न लागिएको हो । भारतीय दूतावासमा ठेक्का रद्द गर्ने फाइल पेश गरिएको अस्पताल स्रोतले जनाएको छ ।

२ करोड २३ लाख ४४ हजार रुपैयाँमा ठेक्का लगेको प्रसूति गृह निर्माणको काम २०६६ सालमा सम्पन्न गर्नुपर्ने थियो । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमार्फत अधुरो काम सम्पन्न गर्ने गरी ठेक्का आह्वानको तयारी भैरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?