सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर चट् हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३०, २०७४
|
|
२७ पटक हेरिएको
Shares
सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर चट् हुने

सारांश

  • काठमाडौं, ३० फागुन- सरकारले कर्मचारीलाई खटाइएको निकायमा नगए सीधै बर्खास्त गर्ने प्रावधानसहित कर्मचारी समायोजन नियमावली २०७४ लाई कार्यान्वयनमा ल्याएको छ।
  • सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारी समायोजन ऐनलाई कार्यान्वयन गर्नका लागि तयार पारिएको कर्मचारी समायोजन नियमावलीलाई स्वीकृत गर्दै अब प्रदेश तथा स्थानीय तहमा खटाइएका कर्मचारी ३५ दिनभित्र खटिएको स्थानमा नपुगे सीधै बर्खास्त गर्ने कानुनी प्रावधानलाई कार्यान्वयनमा ल्याएको हो।
  • सरकारले केन्द्रीकृत शासन प्रणालीअनुसार भर्ना भएका ७६ हजार निजामती कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा स्थायी रूपमा समायोजन गर्ने उद्देश्यसहित कर्मचारी समायोजन नियमावली २०७४ लाई स्वीकृत गरेपछि समायोजन प्रक्रिया अघि बढेको छ।

काठमाडौं, ३० फागुन- सरकारले कर्मचारीलाई खटाइएको निकायमा नगए सीधै बर्खास्त गर्ने प्रावधानसहित कर्मचारी समायोजन नियमावली २०७४ लाई कार्यान्वयनमा ल्याएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारी समायोजन ऐनलाई कार्यान्वयन गर्नका लागि तयार पारिएको कर्मचारी समायोजन नियमावलीलाई स्वीकृत गर्दै अब प्रदेश तथा स्थानीय तहमा खटाइएका कर्मचारी ३५ दिनभित्र खटिएको स्थानमा नपुगे सीधै बर्खास्त गर्ने कानुनी प्रावधानलाई कार्यान्वयनमा ल्याएको हो।

सरकारले केन्द्रीकृत शासन प्रणालीअनुसार भर्ना भएका ७६ हजार निजामती कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा स्थायी रूपमा समायोजन गर्ने उद्देश्यसहित कर्मचारी समायोजन नियमावली २०७४ लाई स्वीकृत गरेपछि समायोजन प्रक्रिया अघि बढेको छ। ८६ हजार कर्मचारी भएपनि करिब १० हजार कर्मचारी स्वेच्छिक अबकाश राेजेका छन् ।

कर्मचारी समायोजन नियमावली स्वीकृत भएसँगै अब कर्मचारी समायोजन प्रक्रियालाई औपचारिक रूपमा अगाडि बढाइएको सामान्य प्रशासन मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले जानकारी दिए।

‘कर्मचारी समायोजनको प्रारम्भिक काम थालिसकेका छौं, अब छिटोभन्दा छिटो यो प्रक्रियालाई टुंगोमा पुर्‍याउनेछौं’, सचिव कोइरालाले अन्नपूर्णसँग भने। सचिव कोइरालाका अनुसार अब संघ, प्रदेश र स्थानीय तहमा कानुनी रूपमै कर्मचारीको स्थायी समायोजन हुनेछ।

समायोजन नियमावलीको नियम ९ मा संघ, प्रदेश र स्थानीय तहमा खटाइएको कर्मचारी समायोजन ऐनको दफा ७ को व्यवस्थाको अधीनमा रही आफू खटिएको कार्यालयमा हाजिर हुन जानुपर्ने अनिवार्य व्यवस्था गरिएको छ। समायोजन ऐनको दफा ७ मा कर्मचारी समायोजन गर्दा बाटोको म्यादबाहेक खटाइएको ३५ दिनभित्र समायोजन भएको पदमा हाजिर नगर्ने कर्मचारीलाई अवकाश दिने व्यवस्था गरिएको छ।

ऐनको सोही प्रावधानलाई नियमावलीमार्फत कार्यान्वयनमा ल्याइएसँगै प्रदेश र स्थानीय तहमा तोकिएको समयभित्र नपुग्ने कर्मचारी बर्खास्तमा पर्ने भएका हुन्। यद्यपि, कर्मचारीलाई अवकाश दिनुपूर्व भने प्रचलित कानुनबमोजिम स्पष्टीकरण पेस गर्ने मौका दिइनेछ भने लोकसेवा आयोगबाट परामर्शसमेत लिइने जनाइएको छ।

सरकारले कर्मचारी समायोजन सम्बन्धमा समन्वय र अनुगमन गर्न मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समन्वय समितिसमेत गठन गरेको छ।

सरकारले कर्मचारी समायोजन गर्नकै लागि २९ असोज ०७४ मा कर्मचारी समायोजन ऐन पारित गरे पनि समायोजन नियमावली अभावमा सो ऐन कार्यान्वयनमा आउन सकेको थिएन। मुलुकमा संघीयता लागू भएको साढे २ वर्षसम्म पनि केन्द्रीकृत शासन प्रणालीअन्तर्गत भर्ना भएका ८६ हजार कर्मचारीको कुनै पनि निकायमा समायोजन हुन सकेको छैन। कार्यालय सहयोगीदेखि सचिवसहित सबै कर्मचारी हाल नेपाल सरकारको पुल दरबन्दीमा रहेका छन्।

अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Indra Bk

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२५ किलो चरेससहित दुई जना पक्राउ
२५ किलो चरेससहित दुई जना पक्राउ
माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण, १३ अर्ब डलरको आपतकालीन कोष स्थापना
माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण, १३ अर्ब डलरको आपतकालीन कोष स्थापना
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर
सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य : उपप्रधानमन्त्री श्रेष्ठ
सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य : उपप्रधानमन्त्री श्रेष्ठ
तातोपानी नाका सधैंका लागि बन्द गर्ने चीनको प्रस्ताव
तातोपानी नाका सधैंका लागि बन्द गर्ने चीनको प्रस्ताव
हराएका वडा सदस्य मृत फेला, खुकुरि प्रहारबाट दुइ जना घाइते
हराएका वडा सदस्य मृत फेला, खुकुरि प्रहारबाट दुइ जना घाइते
सरकारको प्रतिरक्षामा यसरी गर्जिए सदनमा महेश बस्नेत (भिडियोसहित)
सरकारको प्रतिरक्षामा यसरी गर्जिए सदनमा महेश बस्नेत (भिडियोसहित)
आइतबार रातिबाट सकियो राष्ट्रपति भण्डारीको सात बर्षे कार्यकाल
आइतबार रातिबाट सकियो राष्ट्रपति भण्डारीको सात बर्षे कार्यकाल
स्थायी कमिटी बैठकलगत्तै साङ्गठनिक एकता पूरा गर्छौं : प्रवक्ता श्रेष्ठ
स्थायी कमिटी बैठकलगत्तै साङ्गठनिक एकता पूरा गर्छौं : प्रवक्ता श्रेष्ठ
‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा एकजुट हुन प्रधानमन्त्रीको आह्वान
‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा एकजुट हुन प्रधानमन्त्रीको आह्वान

तपाईंले छुटाउनुभयो कि?