सहकारी स्थानीय तहलाई हस्तान्तरण

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २४, २०७४
|
|
२७ पटक हेरिएको
Shares
सहकारी स्थानीय तहलाई हस्तान्तरण

सारांश

  • बनियानी, झापा, २४ चैत , डिभिजन सहकारी कार्यालय भद्रपुरले झापामा क्रियाशील ५५२ सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।
  • प्रजिअ ऋषिराम तिवारीलगायतको उपस्थितिमा शुक्रबार आयोजित सहकारी अभिमुखीकरणसहितको कार्यक्रममार्फत जिल्लाका १५ वटै स्थानीय तहमा रहेका सहकारी संस्था हस्तान्तरण गरिएको हो ।
  • जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले सम्बन्धित गाउँपालिका÷नगरपालिकाका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतलाई सहकारीको अभिलेख हस्तान्तरण गर्नुभएको थियो ।

बनियानी, झापा, २४ चैत , डिभिजन सहकारी कार्यालय भद्रपुरले झापामा क्रियाशील ५५२ सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

प्रजिअ ऋषिराम तिवारीलगायतको उपस्थितिमा शुक्रबार आयोजित सहकारी अभिमुखीकरणसहितको कार्यक्रममार्फत जिल्लाका १५ वटै स्थानीय तहमा रहेका सहकारी संस्था हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले सम्बन्धित गाउँपालिका÷नगरपालिकाका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतलाई सहकारीको अभिलेख हस्तान्तरण गर्नुभएको थियो ।

डिभिजन सहकारी कार्यालयका अधिकृत दुर्गाप्रसाद न्यौपानेले नयाँ संविधान र सहकारी ऐन २०७४ को प्रावधानअनुसार यही चैत महिनाभर मात्र डिभिजन सहकारी कार्यालय अस्तित्वमा रहने भएकाले स्थानीय तहलाई अभिलेख हस्तान्तरण गरिएको बताउनुभयो । जिल्लामा सबैभन्दा धेरै सहकारी बिर्तामोड नगरपालिकामा १३२ र सबैभन्दा कम झापा गाउँपालिकामा २१ सहकारी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?