साउनको अन्तिम सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०८१
|
|
४१ पटक हेरिएको
Shares
साउनको अन्तिम सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

सारांश

  • काठमाडौं।
  • पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।
  • काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।

काठमाडौं। पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।

काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको छ।

साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ। साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ।

यसैगरी आज काठमाडौं उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालोबजारी गर्नेलाई पाता कस्छौं, सूचना दिनुहोस : मन्त्री भट्ट
कालोबजारी गर्नेलाई पाता कस्छौं, सूचना दिनुहोस : मन्त्री भट्ट
प्रधानमन्त्री शिक्षण अस्पताल भर्ना
प्रधानमन्त्री शिक्षण अस्पताल भर्ना
श्रीमानले सेक्स गर्न नसकेपछि डाक्टर श्रीमतीद्वारा आत्महत्या
श्रीमानले सेक्स गर्न नसकेपछि डाक्टर श्रीमतीद्वारा आत्महत्या
अब काठमाडौँ उपत्यका भित्रिनेले अनिवार्य २ हप्ता क्वारेन्टिनमा बस्नुपर्ने गृहको परिपत्र
अब काठमाडौँ उपत्यका भित्रिनेले अनिवार्य २ हप्ता क्वारेन्टिनमा बस्नुपर्ने गृहको परिपत्र
सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहार दुःखद्, अराजकता रोक्न नेतृत्वलाई आग्रह छ : पोखरेल
सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहार दुःखद्, अराजकता रोक्न नेतृत्वलाई आग्रह छ : पोखरेल
टाटा मोटर्सद्वारा एकैदिन १११ वटा प्यासेन्जर भेहिकल हस्तान्तरण
टाटा मोटर्सद्वारा एकैदिन १११ वटा प्यासेन्जर भेहिकल हस्तान्तरण
सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई सुदृढ बनाउनुपर्छः मुख्यमन्त्री पौडेल
सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई सुदृढ बनाउनुपर्छः मुख्यमन्त्री पौडेल
फोनिजको छैठौं महाधिवेशनबाट को को चुनिए ?
फोनिजको छैठौं महाधिवेशनबाट को को चुनिए ?
नीति कार्यक्रमको स्वीकार र समर्थन गर्छौं : प्रमुख सचेतक लेखक
नीति कार्यक्रमको स्वीकार र समर्थन गर्छौं : प्रमुख सचेतक लेखक
आज राष्ट्रिय सभा सदस्यका उम्मेदवारको नामावली प्रकाशित हुँदै
आज राष्ट्रिय सभा सदस्यका उम्मेदवारको नामावली प्रकाशित हुँदै