सामुदायिक रेडियोको परीक्षण प्रसारण सुरु

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ६, २०७४
|
|
१४२ पटक हेरिएको
Shares

सारांश

  • जुम्ला, ६ जेठ ।
  • सामुदायिक रेडियो “खुला आकाश” ९९.
  • ६ मेगाहर्ज जुम्लाले आफ्नो परीक्षण प्रसारण सुरु गरेको छ ।

जुम्ला, ६ जेठ । सामुदायिक रेडियो “खुला आकाश” ९९.६ मेगाहर्ज जुम्लाले आफ्नो परीक्षण प्रसारण सुरु गरेको छ ।

चन्दननाथ नगरपालिका– ६ विजयनगर जुम्लामा स्थापित रेडियोले वैशाख २७ गतेदेखि परीक्षण प्रसारण सुरु गरेको स्टेसन म्यानेजर रवि नेपालीले जानकारी दिनुभयो ।

जुम्लामा हालसम्म स्थापित तीन सामुदायिक रेडियो एफएमले सामुदायिक रेडियोको उद्देश्य पूरा गर्न नसकेको र समग्र नागरिकमा सञ्चारको पहुँच नभएकोले यो रेडियो स्थापना गरिएको स्टेसन म्यानेजर नेपालीले बताउनुभयो ।

“हामी कर्णाली क्षेत्रको सञ्चार विकास गर्नुका साथै यसलाई जनमुखी बनाउँछौं र यसको प्रभावकारितामा जोड दिन्छौं” उहाँले भन्नुभयो ।
यसको स्थापना तत्कालीन जिल्ला विकास समिति जुम्ला अन्तर्गत सांसद् डिल्लीप्रसाद काफ्लेको संसद् विकास कोषबाट रु ४२ लाख बजेट र गैरसरकारी संस्था सुशासन सङ्घको अगुवाइमा रेडियो “खुला आकाश”को स्थापना गरिएको थियो ।

रेडियो खुला आकाशसहित अब जुम्लामा कर्णाली एफएम, नारी आवाज र सिञ्जा एफएमगरी चार सामुदायिक रेडियो सञ्चालनमा आउने भएका छन् । खुला आकाश २० दिनसम्म परीक्षण प्रसारण गर्ने र त्यसपछि नियमित प्रसारण सुरु गर्ने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेनाले बारा र पर्सामा निर्माण गरेका घर हस्तान्तरण
सेनाले बारा र पर्सामा निर्माण गरेका घर हस्तान्तरण
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पारसले पोर्लाडलाई उछिने, रविन्द्र जाडेजाभन्दा बसन्त रेग्मी अगाडि
पारसले पोर्लाडलाई उछिने, रविन्द्र जाडेजाभन्दा बसन्त रेग्मी अगाडि
सांसद कँडेल भारतको क्याम्पसको अध्यक्ष
सांसद कँडेल भारतको क्याम्पसको अध्यक्ष
साफ च्याम्पियनसिपका लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी
साफ च्याम्पियनसिपका लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी
रेडपाण्डा तस्करको पहिलो रोजाइ
रेडपाण्डा तस्करको पहिलो रोजाइ
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजारभन्दा बढी
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजारभन्दा बढी
राष्ट्रिय बिदाको ठाउँमा स्थानीय बिदा थप्ने गापाको तयारी
राष्ट्रिय बिदाको ठाउँमा स्थानीय बिदा थप्ने गापाको तयारी
अझैँ दुई दिन भिषण वर्षा हुने मौषम विभागको पूर्वाअनुमान, सर्तक रहन आग्रह (बाढीपहिरोको फोटोफिचर)
अझैँ दुई दिन भिषण वर्षा हुने मौषम विभागको पूर्वाअनुमान, सर्तक रहन आग्रह (बाढीपहिरोको फोटोफिचर)
कडा सुरक्षाका बीच सर्लाही ४ को मतगणना जारी
कडा सुरक्षाका बीच सर्लाही ४ को मतगणना जारी