सार्वजनिक सवारीभित्र यौनजन्य दुर्व्यवहार भेटिए कारबाही

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १७, २०७४
|
|
४६ पटक हेरिएको
Shares
सार्वजनिक सवारीभित्र यौनजन्य दुर्व्यवहार भेटिए कारबाही

सारांश

  • काठमाडौं: सार्वजनिक सवारी साधनभित्र हुने यौनजन्य दुर्व्यवहारलाई रोक्न प्रहरीले अब स्टिङ अप्रेसन गर्ने भएको छ।
  • उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधनमा प्रहरीको टोली अब सादा पोसाकमा खटिने छ।
  • सार्वजनिक सवारी साधनभित्र यौनजन्य गतिविधि भेटिए उक्त टोलीले दोषीलाई पक्राउ गरी आवश्यक कारबाही गर्ने छ।

काठमाडौं: सार्वजनिक सवारी साधनभित्र हुने यौनजन्य दुर्व्यवहारलाई रोक्न प्रहरीले अब स्टिङ अप्रेसन गर्ने भएको छ। उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधनमा प्रहरीको टोली अब सादा पोसाकमा खटिने छ।

सार्वजनिक सवारी साधनभित्र यौनजन्य गतिविधि भेटिए उक्त टोलीले दोषीलाई पक्राउ गरी आवश्यक कारबाही गर्ने छ। प्रहरीले ‘सेफ्टी पिन अप्रेसन’ नाम दिएको यो अभियान बुधबारदेखि उपत्यकाभित्र सन्चालन हुने छ।

सबै सार्वजनिक सवारी साधनमा प्रहरीको टोली राख्न सम्भव छैन। तर अति ब्यस्त हुने बसपार्क लगायत क्षेत्रमा प्रहरीको टोली सार्वजनिक सवारी साधनमा खटिने छ। टोलीले दुर्व्यवहार भएको पाईए दोषीलाई तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्ने छ’, महानगरिय प्रहरी आयुक्त डीआईजी बम बहादुर भन्डारीले बताए।

प्रहरीको स्टिङ अप्रेसन अन्तर्गत एउटा सार्वजनिक सवारी साधनभित्र एक महिला प्रहरी र दुई पुरुष प्रहरी सादा पोसाकमा खटिनेछन्। सार्वजनिक सवारी साधनभित्र महिला यात्रुलाई यौन दुर्व्यवहार हुने गरेको गुनासो बढ्न थालेपछि प्रहरीले विषेष अभियान सन्चालन गर्न लागेको हो।

अभियान सुरुमा तीन महिना सन्चालन हुने छ र त्यसको प्रगति विवरणका आधारमा थप योजना बन्ने आयुक्त भन्डारीले जानकारी दिए। महिला बालबालिका सेवाकेन्द्र, नेपाल यातायात व्‍यावसायी महासंघ लगायतको सहकार्यमा प्रहरीले तीन महिनाको अवधीमा स्टिङ अप्रेसन लगायत विभिन्न सचेतनामुलक कार्यक्रमहरु पनि आयोजना गर्ने छ।

(sweetfixbaker.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?