साहित्यका शीतविन्दु, राजनीतिका प्रदीप : यस्तो छ, उनको जिन्दगी

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ४, २०७४
|
|
३० पटक हेरिएको
Shares
साहित्यका शीतविन्दु, राजनीतिका प्रदीप : यस्तो छ, उनको जिन्दगी

सारांश

  • प्रस्तुति :  उदय जीएम साहित्यमा शीतविन्दु उपनामले चिरपरिचित प्रदीप ज्ञवालीले केपी शर्मा ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्रीको गरिमामय जिम्मेवारी सम्हालेका छन् ।
  • अत्यन्त मिजासिला र सधैं समन्वयकारी, सन्तुलित र संयोजनकारी भूमिकामा रहने प्रदीप ज्ञवालीको व्यक्तित्वले नेपालको सन्तुलित परराष्ट्र नीतिमा पनि स्वभावैले प्रभाव पार्नेछ र त्यसबाट सिङ्गो नेपाल लाभान्वित हुने आशा गर्न सकिन्छ ।
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवको भूमिकामा रहेका ज्ञवाली २०७४ मंसिर २० गते भएको प्रतिनिधिसभा निर्वाचनमा गुल्मी जिल्लाको क्षेत्र नं.

प्रस्तुति :  उदय जीएम

साहित्यमा शीतविन्दु उपनामले चिरपरिचित प्रदीप ज्ञवालीले केपी शर्मा ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्रीको गरिमामय जिम्मेवारी सम्हालेका छन् । अत्यन्त मिजासिला र सधैं समन्वयकारी, सन्तुलित र संयोजनकारी भूमिकामा रहने प्रदीप ज्ञवालीको व्यक्तित्वले नेपालको सन्तुलित परराष्ट्र नीतिमा पनि स्वभावैले प्रभाव पार्नेछ र त्यसबाट सिङ्गो नेपाल लाभान्वित हुने आशा गर्न सकिन्छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवको भूमिकामा रहेका ज्ञवाली २०७४ मंसिर २० गते भएको प्रतिनिधिसभा निर्वाचनमा गुल्मी जिल्लाको क्षेत्र नं. १ बाट विजयी भएका हुन् । ज्ञवालीले ३७ हजार ८ सय १४ मत ल्याएर अर्का चर्चित नेता नेपाली कांग्रेसका चन्द्र भण्डारीलाई पराजित गरेका थिए । भण्डारीले ३० हजार २ सय ५६ मत ल्याएका थिए ।

यस्तो छ, प्रदीप ज्ञवालीको पृष्ठभूमि
पिता नारायणदत्त ज्ञवाली र माता पुण्यकला ज्ञवालीको कोखमा २०१९ भदौ २८ गते गुल्मी जिल्लाको रुरु गाउँपालिका– ४ बलेटक्सारमा जन्मिएका हुन् ज्ञवाली । उनी नेकपा एमालेका प्रभावशाली नेता हुन् । ज्ञवालीका दुई छोरा र एक छोरी छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीको पारिवारिक पृष्ठभूमि नै वामपन्थी थियो । त्यही पृष्ठभूमिले सानैमा उनलाई राजनीतिले प्रभावित पार्यो । करीव ९ वर्षकै उमेरदेखि उनले राजनीतिको “र”सँग सामिप्य राख्ने मौका पाए । औपचारिकरुपमा उनी २०३० सालमा अखिल नेपाल क्रान्तिकारी बिद्यार्थी संघको प्रारम्भिक कमिटीमा बसेर राजनीतिमा उनी आज पुगेको उचाई र गन्तव्यका लागि पाइला चाले ।

२०३४ सालमा नेकपा मालेको गुल्मी–पाल्पा जिल्ला किमिटीको सदस्य बनिसकेका थिए । १४÷१५ वर्षको बालवयमै जिल्ला कमिटीको सदस्य बन्नु अचम्म र चाखलाग्दो विषय नै हो । त्यसपछि २०४६ सालमा गुल्मी–अर्घाखाँची जिल्ला किमिटीको सचिवको जिम्मेवारी निर्वाह गरेका ज्ञवाली २०५१ सालमा लुम्बिनी अञ्चल कमिटी सदस्य बन्न सफल भए । राजनीतिमा निरन्तर सक्रियता, क्रियाशीलताका कारण उनी २०५४ सालमा एमालेको केन्द्रीय कमिटी सदस्य बन्न सफल भए । पार्टी राजनीतिमा खुड्किला चढ्ने क्रममा उनी २०६७ सालमा पोलिटव्यूरो सदस्य र २०७१ सालमा सचिवको गहन जिम्मेवारीमा छन् ।

बच्चैमा राजनीतिमा होमिएका प्रदीप ज्ञवाली २०३६ सालदेखि २०६२÷२०६३ सालसम्म देशमा चलेका परिर्वतनकारी आन्दोलनहरुमा उनको सक्रिय सहभागिता रहेको थियो । १५ वर्षको कलिलो उमेरमै भूमिगत भएका ज्ञवाली २०५६, २०६४, २०७० र २०७४ मा भएका चुनावमा एमालेको तर्फबाट उम्मेदवार बने । तीमध्ये ज्ञवालीले २०५६, २०६४ र २०७४ को चुनावमा मात्रै विजयश्री पहिरिने मौका पाए । २०७० मा भएको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका चन्द्र भण्डारीसँग नै पराजित भएका थिए ज्ञवाली ।

२०६३ सालमा पर्यटन मन्त्री समेत बनेका प्रदीप ज्ञवालीले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन बनेको सरकारी वार्ताटोलीको सदस्य बनेका थिए । शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुराउन पनि ज्ञवालीको उल्लेख्य भूमिका रह्यो ।

निकै राम्रो सैद्धान्तिक ज्ञान, नरम र शिष्ट व्यवहारका धनी ज्ञवाली साहित्यमा शीतविन्दु उपनामले चर्चित छन् । उनले नेपाली साहित्य आकाशलाई ५ र राजनीतिक ४ गरी ९ वटा कृतिसमेत दिइसकेका छन् । प्रदीप ज्ञवालीका सहयात्री (२०४६, उपन्यास), चिता जलिरहेछ (२०५१, कविता संग्रह), आस्था, ओ मेरी प्रिया (२०५७, कविता संग्रह), कुहिरो (२०६०, कथा संग्रह), माक्र्सवादको सिर्जनात्मक प्रयोग (२०५८), प्रचण्डपथः विचारको केन्द्रीकरण कि भ्रष्टीकरण (२०५९), फिनिक्स पंक्षी र एमालेको पुनर्जीवन (२०६४), युवाः एक बहस (२०६६) र राष्ट्रियता, पहिचान र सामाजिक रुपान्तरण ः एक अर्थराजनीतिक बहस (२०७०) जस्ता कृतिहरुले नेपाली साहित्य र राजनीतिको भण्डारमा गहकिलो योगदान दिएका छन् ।

“समृद्ध गुल्मी, सम्पन्न गुल्मी” को नारासहित चुनावमा विजयी भएका प्रदीप ज्ञवालीले अब “समृद्ध नेपाल, सम्पन्न नेपाल”को परिकल्पना गर्ने जिम्मेवारी पाएका छन् । आफ्नो निर्वाचन क्षेत्रको बहुआयामिक विकाससँगै वामगठबन्धनको शक्तिशाली सरकारका परराष्ट्रमन्त्रीको हैसियतले छिमेकी देश तथा बाँकी विश्वसँग सन्तुलित र प्रभावकारी परराष्ट्रनीतिका साथ सिङ्गो नेपाल र नेपालीको छवि विश्वमा उँचो बनाउने अभिभारा पनि जनताले सुम्पेको छ उनीमाथि । वाम गठबन्धनको साझा घोषणापत्रले परिकल्पना गरेको समृद्ध नेपालको खाकालाई मूर्तरुप दिने जिम्मेवारी त छँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीले भने,  बाँधहरुको सम्वन्धमा सरकारले गम्भीरतापूर्वक भारत सरकारसँग कुरा गर्नुपर्छ ।
ओलीले भने, बाँधहरुको सम्वन्धमा सरकारले गम्भीरतापूर्वक भारत सरकारसँग कुरा गर्नुपर्छ ।
नागार्जुन नगरपालिकाका नयाँ शक्तिका उम्मेद्वारको अपहरण !
क्रिकेटर सन्दीप लामिछाने विरुद्ध नाबालिका करणीको उजुरी, प्रहरीको अनुसन्धान तीब्र
क्रिकेटर सन्दीप लामिछाने विरुद्ध नाबालिका करणीको उजुरी, प्रहरीको अनुसन्धान तीब्र
मतपत्रमा ल्याप्चे र धेरै छाप
मतपत्रमा ल्याप्चे र धेरै छाप
राष्ट्रपति भण्डारी भोजपुरको उत्तरी क्षेत्र कुलुङमा
राष्ट्रपति भण्डारी भोजपुरको उत्तरी क्षेत्र कुलुङमा
‘कम्युनिष्टलाई देश बनाउने अन्तिम मौका’
‘कम्युनिष्टलाई देश बनाउने अन्तिम मौका’
अबको प्रधानमन्त्रीबारे विवाद : एमाले नेता भन्छन्, “केपी ओली”, माओवादी नेता भन्छन्, “छलफल गरेर टुङ्गो लगाउँछौँ”
अबको प्रधानमन्त्रीबारे विवाद : एमाले नेता भन्छन्, “केपी ओली”, माओवादी नेता भन्छन्, “छलफल गरेर टुङ्गो लगाउँछौँ”
सहायक हवल्दारको शंकास्पद मृत्यु, सुसाइट नोट समेत फेला पर्यो
सहायक हवल्दारको शंकास्पद मृत्यु, सुसाइट नोट समेत फेला पर्यो
पुन: मतगणना माग्दै उच्च अदालतमा सातवटा मुद्दा
पुन: मतगणना माग्दै उच्च अदालतमा सातवटा मुद्दा
प्रचण्ड भारत प्रस्थान, नेकपाको दुवै समूहमा चासो
प्रचण्ड भारत प्रस्थान, नेकपाको दुवै समूहमा चासो

तपाईंले छुटाउनुभयो कि?