सिउरुङमा पहिलोपटक प्रजिअ र प्रहरी प्रमुख पुग्दा …..

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २४, २०७४
|
|
३८ पटक हेरिएको
Shares
सिउरुङमा पहिलोपटक प्रजिअ र प्रहरी प्रमुख पुग्दा …..

सारांश

  • लमजुङ (बेसीसहर), २४ जेठ ।
  • लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पहिलोपटक प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पुगेको भन्दै स्थानीयवासीले भव्य स्वागत गरेका छन् ।
  • उत्तरी लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पुगेका प्रजिअ र प्रहरी नायब उपरीक्षकसहितको टोलीलाई स्थानीयवासीले भव्य स्वागत सम्मान गरेका हुन् ।

लमजुङ (बेसीसहर), २४ जेठ । लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पहिलोपटक प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पुगेको भन्दै स्थानीयवासीले भव्य स्वागत गरेका छन् । उत्तरी लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पुगेका प्रजिअ र प्रहरी नायब उपरीक्षकसहितको टोलीलाई स्थानीयवासीले भव्य स्वागत सम्मान गरेका हुन् ।

जिल्ला समन्वय समिति, लमजुङले आयोजना गरेको होमस्टेसम्बन्धी कार्यशालामा सहभागी हुन शुक्रबार पहिलोपटक प्रजिअ युवराज मैनाली र प्रनाउ समीरचन्द्र खरेल सहितको टोली सिउरुङ पुगेको थियो ।

गाउँमा प्रजिअ आएपछि स्वागतका लागि वृद्धवृद्धा पनि निकै उत्साहित देखिएका थिए । “गाउँमा कति पाहुना आए, कति देशका पाहुना आए, तर जिल्लाका सिडियो साप आएको पहिलो पटक लमजुङ (बेसीसहर), २४ जेठ । लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पहिलोपटक प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पुगेको भन्दै स्थानीयवासीले भव्य स्वागत गरेका छन् । उत्तरी लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पुगेका प्रजिअ र प्रहरी नायब उपरीक्षकसहितको टोलीलाई स्थानीयवासीले भव्य स्वागत सम्मान गरेका हुन् ।

जिल्ला समन्वय समिति, लमजुङले आयोजना गरेको होमस्टेसम्बन्धी कार्यशालामा सहभागी हुन शुक्रबार पहिलोपटक प्रजिअ युवराज मैनाली र प्रनाउ समीरचन्द्र खरेल सहितको टोली सिउरुङ पुगेको थियो ।

गाउँमा प्रजिअ आएपछि स्वागतका लागि वृद्धवृद्धा पनि निकै उत्साहित देखिएका थिए । “गाउँमा कति पाहुना आए, कति देशका पाहुना आए, तर जिल्लाका सिडियो साप आएको पहिलो पटक हो”, स्थानीयवासी ८२ वर्षीया तार्खु घलेले भन्नुभयो, “हामीले जिल्लाका हाकिमलाई गाउँमा देखेको पहिलो पटक हो ।”

सिउरुङ पुग्नका लागि सदरमुकाम बेँसीसहरबाट हिँडेर पहिले ६ घन्टा लाग्ने गर्दथ्यो तर अहिले मोटरबाट दुई घन्टामा पुग्न सकिन्छ । भौगोलिक विकटताका कारण जिल्लाका हाकिमले प्राथमिकता नदिएको स्थानीयवासीको गुनासो थियो ।

सिउरुङमा दैनिक ३० जनाको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । प्रत्येक वर्ष पर्यटन प्रवद्र्धनका लागि गाउँमा महोत्सवसमेत हुने गरेको छ । तर पनि जिल्लाका हाकिम भने अहिलेसम्म गाउँ नआएको पर्यटन विकास समितिका सचिव उमरबहादुर गुरुङले बताउनुभयो ।

सिउरुङलाई २०६२ सालदेखि पर्यटकीय गाउँ बनाउने अभियानमा गाउँले लागेका हुन् । गाउँमा पुगेका पाहुनालाई सामूहिक पाहुनाघरमा राखेर सत्कार गर्नाका साथै घाँटु, रोधी लगायतका परम्परागत नृत्य प्रस्तुत गरी सम्मान गरिएको थियो ।हो”, स्थानीयवासी ८२ वर्षीया तार्खु घलेले भन्नुभयो, “हामीले जिल्लाका हाकिमलाई गाउँमा देखेको पहिलो पटक हो ।”

सिउरुङ पुग्नका लागि सदरमुकाम बेँसीसहरबाट हिँडेर पहिले ६ घन्टा लाग्ने गर्दथ्यो तर अहिले मोटरबाट दुई घन्टामा पुग्न सकिन्छ । भौगोलिक विकटताका कारण जिल्लाका हाकिमले प्राथमिकता नदिएको स्थानीयवासीको गुनासो थियो ।

सिउरुङमा दैनिक ३० जनाको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । प्रत्येक वर्ष पर्यटन प्रवद्र्धनका लागि गाउँमा महोत्सवसमेत हुने गरेको छ । तर पनि जिल्लाका हाकिम भने अहिलेसम्म गाउँ नआएको पर्यटन विकास समितिका सचिव उमरबहादुर गुरुङले बताउनुभयो ।

सिउरुङलाई २०६२ सालदेखि पर्यटकीय गाउँ बनाउने अभियानमा गाउँले लागेका हुन् । गाउँमा पुगेका पाहुनालाई सामूहिक पाहुनाघरमा राखेर सत्कार गर्नाका साथै घाँटु, रोधी लगायतका परम्परागत नृत्य प्रस्तुत गरी सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीको नेतृत्वमा माघ ७ गतेभित्र नयाँ सरकार बन्छ : महेश बस्नेत
ओलीको नेतृत्वमा माघ ७ गतेभित्र नयाँ सरकार बन्छ : महेश बस्नेत
ह्याट्रिक गर्दै कांग्रेसको साख जोगाए अभिषेकले
ह्याट्रिक गर्दै कांग्रेसको साख जोगाए अभिषेकले
कांग्रेस सभापति देउवाविरुद्धको रिट दर्ता गर्न अस्वीकार
कांग्रेस सभापति देउवाविरुद्धको रिट दर्ता गर्न अस्वीकार
संसदीय निर्देशन कार्यान्वयन अवस्था कमजोर छ : समिति
संसदीय निर्देशन कार्यान्वयन अवस्था कमजोर छ : समिति
काठमाडौँ- ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
काठमाडौँ- ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
डा. केसीको समर्थनमा देशभरका सरकारी अस्पतालको ओपिडी सेवा बन्द
डा. केसीको समर्थनमा देशभरका सरकारी अस्पतालको ओपिडी सेवा बन्द
कालिका ११ मा एमाले वडा अध्यक्ष र तिन सदस्यमा विजयी, दलित सदस्यमा काँग्रेस निर्विरोध
कालिका ११ मा एमाले वडा अध्यक्ष र तिन सदस्यमा विजयी, दलित सदस्यमा काँग्रेस निर्विरोध
सहकारी प्रकरणमा रवि लामिछाने भन्छन्-मेरो खातामा पैसा जम्मा भएको छैन
सहकारी प्रकरणमा रवि लामिछाने भन्छन्-मेरो खातामा पैसा जम्मा भएको छैन
साबुन उद्याेगमा अागलागी हुँदा ५ कराेडकाे क्षति !
१५ लाख रुपैयाँको प्रयोगशालाबाटै तरकारीको विषादी जाँच हुने
१५ लाख रुपैयाँको प्रयोगशालाबाटै तरकारीको विषादी जाँच हुने