सिन्धुलीमा बजारदेखि गाउँसम्म हात्ती आतंक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २५, २०७४
|
|
२७ पटक हेरिएको
Shares
सिन्धुलीमा बजारदेखि गाउँसम्म हात्ती आतंक

सारांश

  • सिन्धुली, २५ फागुन, सिन्धुलीमा झण्डै एक महिनादेखि जंगली हात्ती मानवीय बस्ती नजिक बसोबास गर्दा सर्वसाधारण त्रसित बनेका छन् ।
  • दिनभर जंगलमा बसोबास गर्ने र रातको समयमा मानव बस्तीमा प्रवेश गर्दा सर्वसाधारण त्रसित बनेका हुन् ।
  • रातको समयमा जंगल र साँझ परेपछि मानव बस्तीमा प्रवेश गर्दा सर्वसाधारण हात्तीको डर त्रासमा नै रातभर जाग्राम बस्न बाध्य रहेका छन् ।

सिन्धुली, २५ फागुन, सिन्धुलीमा झण्डै एक महिनादेखि जंगली हात्ती मानवीय बस्ती नजिक बसोबास गर्दा सर्वसाधारण त्रसित बनेका छन् ।

दिनभर जंगलमा बसोबास गर्ने र रातको समयमा मानव बस्तीमा प्रवेश गर्दा सर्वसाधारण त्रसित बनेका हुन् । रातको समयमा जंगल र साँझ परेपछि मानव बस्तीमा प्रवेश गर्दा सर्वसाधारण हात्तीको डर त्रासमा नै रातभर जाग्राम बस्न बाध्य रहेका छन् ।

बिहीबार बिहान सिन्धुलीको बजार क्षेत्रमा देखा परेका पाँचवटा हात्ती गए रातिदेखि फर्किएका छन् । कमलामाई नगरपालिकाको बजार क्षेत्र, धुराबजार, चिसापानी, बोझे, राजपानी, ढकालगाउँ आसपासका जंगलमा बसेका हात्ती गएराति पुनः माइस्थानतर्फ फर्किएको जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले जनाएको छ ।

दिनभर सदरमुकाम वरपर रहेका हात्ती राति फर्कने क्रममा भिमानमा एक घरमा क्षति पु¥याएको भन्ने जानकारी आएको र सो स्थलमा अहिले प्रहरीको टोली पठाइएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो । प्रहरी टोली पुगेपछि क्षतिको विवरण आउने उहाँको भनाइ रहेको छ ।

पाँचवटाको बथानमा रहेका हात्ती अहिले फर्कने क्रममा रहेका र सर्वसाधारण नागरिकलाई सतर्कता अपनाउन र सुरक्षा प्रदान गर्न टोलीसमेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।

सिन्धुलीमा हात्ती आएदेखि अहिलेसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा वन कार्यालयका कर्मचारीको टोलीले हात्ती प्रवेश गरेको स्थलको प्रत्यक्ष अवलोकन र नागकिलाई हात्ती आएको सूचना प्रवाह गर्दै आएको समेत उहाँले जानकारी दिनुभयो ।

आज बिहान हात्ती कमलामाई नगरपालिकामा पर्ने हात्तीसारबाट पातीपरान भन्ने ठाउँको जंगलतर्फ लागेको जानकारी आएको समेत उहाँले जानकारी दिनुभयो । पातीपरानको जंगल हँुदै हात्ती महोत्तरीतर्फ जानसक्ने अनुमान गरिएको छ ।

यसैबीच, जंगली हात्तीले कमलामाई नगरपालिका–८ मा दुईवटा घर भत्काएको छ । केही दिनदेखि जंगल क्षेत्रमा बस्दै आएका हात्तीको समूहले कमलामाई नगरपालिका–८ निवासी अशोक माझी र दिलकुमार मगरको घर भत्काएको प्रहरीले बताएको छ । हात्तीले माझी र मगरको घरमा रहेको अन्नपात खानुका साथै नष्ट पारेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले बताएको छ ।

दिउँसो जंगलमा बसेका हात्ती साँझको समयमा गाउँ पस्ने गर्दछन् । विगत केही वर्षदेखि कमलाखोँच क्षेत्रमा जंगली हात्ती बेलाबेलामा निस्कने र बस्तीमा पसी स्थानीयलाई त्रसित पार्ने गरेका छन् । सिन्धुलीको कमलामाई नगरपालिकाका तीनतले, पातीपरान, रानीवास क्षेत्रमा हरेक वर्ष हात्ती आउने गर्दछन् ।

हात्ती नियन्त्रणका लागि सम्बन्धित निकायले खासै चासो नदेखाएको सर्वसाधारण नागरिकले बताउने गरेका छन् । अघिल्ला वर्षमा हात्तीले जनधनको क्षति गरेपनि यस वर्ष अघिल्ला वर्षको तुलनामा कम क्षति गरेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आयोजकले सेक्स प्रस्ताव राखेपछि रातारात नाम चेन्ज गरियो : मोडल न्यौपाने
आयोजकले सेक्स प्रस्ताव राखेपछि रातारात नाम चेन्ज गरियो : मोडल न्यौपाने
हिमालमा हिमपात, पहाड र तराईमा वर्षाँ
हिमालमा हिमपात, पहाड र तराईमा वर्षाँ
भारतले कोरोनाविरुद्ध लड्न चीनलाई सहयोग गर्ने
भारतले कोरोनाविरुद्ध लड्न चीनलाई सहयोग गर्ने
एकीकृत समाजवादीले थप्यो पदाधिकारी, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष पद रहने
एकीकृत समाजवादीले थप्यो पदाधिकारी, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष पद रहने
कोरोना रोकथाम र नियन्त्रणको लागि भारतले नेपाललाई सहयोग घोषणा गर्दै
कोरोना रोकथाम र नियन्त्रणको लागि भारतले नेपाललाई सहयोग घोषणा गर्दै
सत्तारुढ ४ दलको निष्कर्ष : राष्ट्रपतिको कदम असंवैधानिक, जननिर्वाचित संसदको घोर अपमान
सत्तारुढ ४ दलको निष्कर्ष : राष्ट्रपतिको कदम असंवैधानिक, जननिर्वाचित संसदको घोर अपमान
एउटा रुखको सुरक्षामा चौबिसै घण्टा प्रहरी तैनाथ !
एउटा रुखको सुरक्षामा चौबिसै घण्टा प्रहरी तैनाथ !
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख
अदालतको आदेश नटेर्ने सिडिओका कारण जो नागरिक हुन सकेनन्
अदालतको आदेश नटेर्ने सिडिओका कारण जो नागरिक हुन सकेनन्
हटेन ढिके नुनको प्रयोग गर्ने बानी
हटेन ढिके नुनको प्रयोग गर्ने बानी

तपाईंले छुटाउनुभयो कि?