सिम्रिक एयरको हेलिकोप्टर लम्जुङको बेसिसहरमा आकस्मिक अवतरण

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ६, २०७४
|
|
३५९ पटक हेरिएको
Shares
सिम्रिक एयरको हेलिकोप्टर लम्जुङको बेसिसहरमा आकस्मिक अवतरण

सारांश

  • सिम्रिक एयरको हेलिकोप्टर लम्जुङको बेसिसहरमा आकस्मिक अवतरण गरेको छ ।
  • मनाङका लागि उडेको नाइन एन- एजेजेड हेलिकोप्टर बेसिसहरको दनाइफाँटस्थित खेतमा आकस्मिक अवतरण गरेको हो ।
  • मौसममा आएको खराबीले हेलिकोप्टर आकस्मिक अवतरण गरेको लम्जुङका सहायक प्रमुख जिल्ला अधिकारी तिर्थबहादुर अधिकारीले  जानकारी दिए ।

सिम्रिक एयरको हेलिकोप्टर लम्जुङको बेसिसहरमा आकस्मिक अवतरण गरेको छ । मनाङका लागि उडेको नाइन एन- एजेजेड हेलिकोप्टर बेसिसहरको दनाइफाँटस्थित खेतमा आकस्मिक अवतरण गरेको हो ।

मौसममा आएको खराबीले हेलिकोप्टर आकस्मिक अवतरण गरेको लम्जुङका सहायक प्रमुख जिल्ला अधिकारी तिर्थबहादुर अधिकारीले  जानकारी दिए ।


‘यहाँ बिहानैदेखि पानी परिरहेको छ । कुहिरो र बादल पनि लागेको छ । त्यहीभएर हेलिकोप्टर अवतरण गरेको बुझिएको छ । विस्तृत जानकारी लिँदैछौं,’ अधिकारीले भने ।

हेलिकोप्टर सुरेन्द्र पौडेलले उडाएका थिए । उनका अनुसार मनाङको भीमथाङमा विरामी विदेशी पर्यटकलाई लिन उनी काठमाडौंबाट मनाङ उडेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?