सिरिया बन्दीगृहमा १३ हजारलाई यातनासहित फासी

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २६, २०७३
|
|
१५४ पटक हेरिएको
Shares
सिरिया बन्दीगृहमा १३ हजारलाई यातनासहित फासी

सारांश

  • सिरियाको एउटा सरकारी बन्दीगृहमा गोप्य रुपमा १३ हजार बन्दीलाई मृत्युदण्ड दिइएको छ ।
  • सिरियाको राजधानी दमास्कसबाट उत्तरमा पर्ने सेडन्या बन्दीगृहमा सन् २०११ देखि सन् २०१५ को अवधिमा १३ हजार बन्दीलाई मनपरी ढंगले मृत्युदण्ड दिइएको एम्नेस्टी इन्टरनेशनलले जनाएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।
  • मृत्युदण्ड पाउने अधिकांश व्याक्ति निर्दोष रहेको पनि एम्नेस्टीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

सिरियाको एउटा सरकारी बन्दीगृहमा गोप्य रुपमा १३ हजार बन्दीलाई मृत्युदण्ड दिइएको छ ।
सिरियाको राजधानी दमास्कसबाट उत्तरमा पर्ने सेडन्या बन्दीगृहमा सन् २०११ देखि सन् २०१५ को अवधिमा १३ हजार बन्दीलाई मनपरी ढंगले मृत्युदण्ड दिइएको एम्नेस्टी इन्टरनेशनलले जनाएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

मृत्युदण्ड पाउने अधिकांश व्याक्ति निर्दोष रहेको पनि एम्नेस्टीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । साक्षीको बयान र गोप्य वृत्तचित्रका आधारमा प्रतिवेदन तयार पारिएको एम्नेस्टीले जनाएको छ ।

मृत्युदण्ड अघि कैदीहरुलाई सेनाको एउटा अदालतमा उपस्थित गराइन्छ । अदालतमा उभ्याएपछि कैदीहरुलाई दिउँसो २, ३ घण्टा निर्ममतापूर्वक कुटिन्छ । मध्यरातमा आँखामा पट्टी लागाइन्छ । उनीहरुको घाँटीमा फासी झुन्ड्याउनुभन्दा केहि मिनेटअघि मात्र उनीहरुलाई मृत्युदण्ड सुनाइन्छ । र शवलाई सेनाको जग्गामा सामूहिक गाडिन्छ । एम्नेस्टीको रिपोर्टमा उल्लेख छ ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?