सिस्नो लगाएर मनाउने नयाँ वर्ष मनाउने चलन

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १, २०७५
|
|
२६ पटक हेरिएको
Shares
सिस्नो लगाएर मनाउने नयाँ वर्ष मनाउने चलन

सारांश

  • नयाँ वर्षको सुरुआतसँगै वर्षको पहिलो दिन राम्रो कामको सुरुवात गरे वर्षभरि नै राम्रो र शुभ हुने मान्यता पाइन्छ।
  • सुदूरपश्चिमका जिल्लामा भने नयाँ वर्ष सिस्नो लगाएर मनाउने गरिएको छ।
  • नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने प्रचलन प्रदेश नम्बर ७ का पहाडी जिल्लामा र छ।

नयाँ वर्षको सुरुआतसँगै वर्षको पहिलो दिन राम्रो कामको सुरुवात गरे वर्षभरि नै राम्रो र शुभ हुने मान्यता पाइन्छ। सुदूरपश्चिमका जिल्लामा भने नयाँ वर्ष सिस्नो लगाएर मनाउने गरिएको छ।

नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने प्रचलन प्रदेश नम्बर ७ का पहाडी जिल्लामा र छ। पहाडी जिल्ला अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा र बैतडीमा वैशाख १ गते धुमधामले बिसु पर्व मनाइन्छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

गत वैशाख १ गते मंगलसेनकी कविता विक एकछिन पनि ढुक्कले बस्न पाइनन्। देवरहरुले लगाइदिएको सिस्नोका कारण उनको शरीर पूरै निदाएजस्तै भयो। बिहान सबेरै उठ्नेबित्तिकै धारामा नुहाउन जाँदादेखि देवरले लगाइदिएको सिस्नोको पोलाइ सहन थालेकी कविताले ढोका थुनेर खाना खान खोज्दा पनि राम्रोसँग खान पाइनन्। खाना खान लाग्दा एकजना देवर झ्यालबाट छिरेर सिस्नो लगाउन खोजेपछि खानासमेत राम्ररी खान नपाएको उनले सुनाइन्।

‘देवरहरुको संख्या धेरै छ, म एक्लै परें। शरीर पूरै निदाउने गरी सिस्नो लगाए,’ कविताले भनिन्, ‘बिसु तिहार आउँदा त दुई तीन दिनअघिदेखि नै चिन्ता लाग्न थाल्छ।’ कवितामात्र होइन, उनको गाउँका अधिकांश महिला नयाँ वर्षको पहिलो दिन एकआपसमा सिस्नो लगाउन र प्रतिकार गर्न व्यस्त हुन्छन्। जसका बढी देवर, नन्द हुन्छन् ती महिलाले सिस्नोको मार बढी खेप्नुपर्छ।

सिस्नो लगाउने परम्परा पहिलेदेखिकै हो। यस अवसरमा देवर–भाउजू, नन्द–भाउजू, साली–भिनाजुले एक–आपसमा पानीमा भिजाएको सिस्नोले हान्ने गरिन्छ। यसरी सिस्नु लगाउँदा शरीरमा भएको घाउखटिरालगायत छालासम्बन्धी रोग निको हुने जनविश्वास रहेको मेल्लेख ७ की जानकी रावल बताउँछिन्। जानकीकोे बुझाइमा बिसु तिहारको दिन सिस्नो लगाउनु छालाको रोगका लागि अनिवार्य हुन्छ। देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारका दिन आफैंले आफैंलाई भए पनि सिस्नो लगाउनुपर्ने मान्यता रहेको जानकीले सुनाइन्।

बिसु तिहारमा महिलाले पुतला नाच खेल्ने तथा पुरुषले बिसु बाघ बनाएर दौडाउने चलन पनि छ। नयाँ वर्ष सुरु हुनु केही दिनपहिले नै अछाम, बाजुरालगायतका जिल्लाका गाउँगाउँमा महिलाले पुतला खेल सुरु गर्छन्। पुतला बिसु तिहारमा रातभर खेलेर विसर्जन गर्ने परम्परा छ। बिसु तिहारकै दिन कुलदेवताको पूजा गरी ‘गतानी डुब्का’ (स्थानीय खानाको परिकार) पकाई खाने चलन छ। हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसियालीस्वरुप पौराणिककालदेखि नै यो पर्व मनाउने गरिएको विश्वास छ। नयाँ वर्ष तथा बिसु तिहार मनाउन नोकरीको सिलसिलामा भारतमा रहेका कतिपय सुदूरपश्चिमवासी एक हप्ताअघिदेखि नै घर फर्किने क्रम सुरु भइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘वाईडबडी प्रकरण प्रचण्ड, देउवा र ओलीको सहमतिमा भएको देखा परेको छ-डा.प्रकाशचन्द्र लोहनी
प्रहरीलाई सवारी, प्रदेश प्रहरी कार्यालय भवन शिलान्यास
प्रहरीलाई सवारी, प्रदेश प्रहरी कार्यालय भवन शिलान्यास
पशुपति क्षेत्र विकास र पर्यटन बोर्ड महालेखाको उच्च निगरानीमा
पशुपति क्षेत्र विकास र पर्यटन बोर्ड महालेखाको उच्च निगरानीमा
प्रदेश सरकारका लागि खटाइने कर्मचारीको विवरण तयार, मन्त्रालयहरुमा ३५ देखि ९० जनासम्म कर्मचारी रहने
प्रदेश सरकारका लागि खटाइने कर्मचारीको विवरण तयार, मन्त्रालयहरुमा ३५ देखि ९० जनासम्म कर्मचारी रहने
क्रिश्मसका लागि अमेरिकी सांसदहरु घरतर्फ, कर्मचारीले पाएनन् तलव
क्रिश्मसका लागि अमेरिकी सांसदहरु घरतर्फ, कर्मचारीले पाएनन् तलव
दलित समुदायको प्रतिनिधित्व कमजोर बन्दै
दलित समुदायको प्रतिनिधित्व कमजोर बन्दै
जाडोमा हृदयाघातको उच्च जोखिम
जाडोमा हृदयाघातको उच्च जोखिम
पशुपतिशमशेरले १२ सांसद मिसाए, १९ लिएर फर्किए
पशुपतिशमशेरले १२ सांसद मिसाए, १९ लिएर फर्किए
हुनै लागेको विवाह केटीले नमानेपछि यसरी रोकियो
चीनले आफ्नो हितका लागि भारत बिरुद्ध जुनसुकै कदम चाल्न सक्ने गम्भीर चेतावनी….
चीनले आफ्नो हितका लागि भारत बिरुद्ध जुनसुकै कदम चाल्न सक्ने गम्भीर चेतावनी….

तपाईंले छुटाउनुभयो कि?