सुनुवाई समितिले सुरु गर्यो राजदूतको सुनुवाई प्रक्रिया

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०७५
|
|
२१ पटक हेरिएको
Shares
सुनुवाई समितिले सुरु गर्यो राजदूतको सुनुवाई प्रक्रिया

सारांश

  • काठमाडौं।
  • संसदीय समितिले विभिन्न देशका लागि प्रस्तावित पाँच जना राजदूतको संसदीय सुनुवाई प्रक्रिया सुरु गरेको छ।
  • संसदीय सुनुवाई विशेष समितिको बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले फ्रान्सका लागि दीपक अधिकारी, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानडाका लागि भृगु ढुंगाना, थाइल्याण्डका लागि गणेशप्रसाद ढकाललाई राजदूत र मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिमा नियुक्तीका लागि गरेको सिफारिसमाथि संसदीय सुनुवाई गर्ने निर्णय गरेको हो।

काठमाडौं। संसदीय समितिले विभिन्न देशका लागि प्रस्तावित पाँच जना राजदूतको संसदीय सुनुवाई प्रक्रिया सुरु गरेको छ।
संसदीय सुनुवाई विशेष समितिको बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले फ्रान्सका लागि दीपक अधिकारी, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानडाका लागि भृगु ढुंगाना, थाइल्याण्डका लागि गणेशप्रसाद ढकाललाई राजदूत र मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिमा नियुक्तीका लागि गरेको सिफारिसमाथि संसदीय सुनुवाई गर्ने निर्णय गरेको हो। मन्त्री परिषदको गत पुस ६ गते बसेको बैठकले अधिकारी, भण्डारी, ढुंगाना, ढकाल र भट्टराईलाई विभिन्न देशको राजदूतमा नियुक्त गर्ने सिफारिस गरी सुनुवाईका लागि संसदीय सुनुवाई विशेष समितिमा पत्राचार गरेको थियो। सरकारले राजदूतका लागि नियुक्ती गर्न सिफारिस गरेकाहरुको संसदीय सुनुवाई प्रक्रिया सूरु गर्ने निर्णय गरिएको समितिका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए। समितिले संसदीय सुनुवाई प्रक्रियाका लागि उजुरी आह्वान गर्ने निर्णय पनि गरेको छ। बिहीबारबाट लागू हुने गरी संसदीय विधि र प्रक्रिया अनुसार १० दिनसम्म प्रस्तावित राजदूतहरुमाथि उजुरी आह्वान गर्ने निर्णय पनि गरिएको समितिले जनाएको छ।
संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि सम्बन्धित देशमा एग्रिमोका लागि परराष्ट्र मन्त्रालयले सम्बन्धित देशलाई पत्राचार गर्नेछ। सम्बन्धित देशले एग्रिमो पठाएपछि प्रस्तावित राजदुतहरुलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?