सुरक्षा प्रवन्ध मिलाउन चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ५, २०७४
|
|
१८१ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने भएकाले सुरक्षा प्रवन्ध मिलाउन चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री दाहालले चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई यस्तो निर्देशन दिएका हुन् ।
  • दाहालले मुलुकको सुरक्षा अवस्थाका बारेमा पनि जानकारी लिएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने भएकाले सुरक्षा प्रवन्ध मिलाउन चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री दाहालले चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई यस्तो निर्देशन दिएका हुन् ।


दाहालले मुलुकको सुरक्षा अवस्थाका बारेमा पनि जानकारी लिएका थिए । भेटमा सुरक्षा निकायका प्रमुखहरुले देशको सुरक्षाको अवस्था सामान्य रहेको बताउँदै निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय पूर्णतः सक्षम रहेको जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले बाहिर हल्ला भएजस्तो कुनै पनि हालतमा चुनाव नरोकिने स्पष्ट पारेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?