सुरु भयो ठूला दलको ध्यान प्रदेश २ मा, पहिलो बन्न आ–आफ्नै रणनीति ..
सारांश
- ३० असार, काठमाडौं ।
- आज प्रकाशित पत्रपत्रिकाहरुले विविध विविध विषयहरुलाई प्राथमिकता दिएर छापेका छन् ।
- अधिकांश दैनिक पत्रिकाहरुले आज कर निर्धारणमा अनियमितता गरेको आरोपमा आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको लेखेका छन् ।
३० असार, काठमाडौं । आज प्रकाशित पत्रपत्रिकाहरुले विविध विविध विषयहरुलाई प्राथमिकता दिएर छापेका छन् । अधिकांश दैनिक पत्रिकाहरुले आज कर निर्धारणमा अनियमितता गरेको आरोपमा आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको लेखेका छन् ।
प्रदेश नं. २ मा निर्वाचन तयारी सुरु भएको र ठूला आ–आफ्नो रणनीति बनाउन केन्द्रित भएको पत्रिकाहरुले छापेका छन् ।
गोरखापत्र दैनिकले आज व्यवस्थापिका संसदले आर्थिक वर्ष २०७४–७५ को बजेट पारित गरेको विषयलाई मुख्य खबर बनाएर छापेको छ । विदेश भ्रमणमा पुनर्विचार गर्न नवनियुक्त मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले गरेको आग्रहदेखि कर पछ्र्योट पदाधिकारीवरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकोसम्मका खबर गोरखापत्रमा छ ।
नयाँ पत्रिका दैनिकले नेपालको लगानी सम्भावना र चुनौतीबारे बहस पस्केको छ । २ नम्बर प्रदेशमा निर्वाचन तयारी सुरु भएको अर्को खबर पनि नयाँ पत्रिका दैनिकमा छ ।
अन्नपूर्ण पोस्ट दैनिकले हारपछि माओवादी घटक दलहरु निराश बन्न पुगेको लेखेको छ भने नागरिक दैनिकले भीआईपी सुरक्षाबारे लेखेको छ ।
प्रतिक्रिया