सुरु हुनेभो पोखराको मतगणना, विवादित स्वस्तिक छापको मुचुल्का देखाउने सहमति

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ८, २०७४
|
|
२३ पटक हेरिएको
Shares
सुरु हुनेभो पोखराको मतगणना, विवादित स्वस्तिक छापको मुचुल्का देखाउने सहमति

सारांश

  • ८ जेठ, पोखरा ।
  • पोखरा लेखनाथ महानगरपालिकामा देखिएको मतगणना विवाद समाधान भएको छ ।
  • विवादित स्वस्तिक छापको मुचुल्का देखाउने सहमति दलहरुबीच भएको छ ।

८ जेठ, पोखरा । पोखरा लेखनाथ महानगरपालिकामा देखिएको मतगणना विवाद समाधान भएको छ । विवादित स्वस्तिक छापको मुचुल्का देखाउने सहमति दलहरुबीच भएको छ । यो सहमतिसँगै दिउँसो एक बजेबाट मतगणना शुरु हुने भएको छ ।

फर्जी भनिएको मतपत्रमा केही चाक्लो देखिने स्वस्तिक छापको मुचुल्का निर्वाचन कार्यालयले देखाउने सहमतिमा मतगणना शुरु गर्न कांग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी र नयाँशक्ति सहमत भएका हुन् । सहमतिअनुसार निर्वाचन कार्यालयले अब दलहरुलाई चाक्लो स्वस्तिक छापको सक्कलको मुचुल्का देखाउनुपर्नेछ ।

त्यस्तै, अन्य वडामा पनि त्यस्ता विवादित मतपत्र र स्वस्तिक छाप भए मुचुल्का देखाउनुपर्ने सहमति भएको छ ।

यसअघि चाक्लो स्वस्तिक छापले सूर्यमा प्यानल भोट हालेको र उक्त मत पत्रमा मतदान अधिकृतको २ वटा हस्ताक्षर भएको भेटिएपछि अन्य दलहरुले त्यसको विरोध गर्दै मतगणना बहिस्कार गरेका थिए । उनीहरुले विवादित स्वस्तिक छापको मुचुल्का देखाउनुपर्ने भन्दै मतगणना नै बहिस्कार गरेपछि मतगणना अबरुद्ध भएको थियो ।

विवाद समाधान भएसँगै अब मतगणना सहज रुपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।

सहमतिसँगै मतगणना शुरु हुने भएपनि पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ मा देखिएको विवाद भने समाधान भइसकेको छैन ।

मतदान भएको ९ दिन भइसकेपनि मतगणनामा भएको ढिलाइले नतिजा सार्बजनिक भएको छैन ।

यो पनि पढ्नुहोस् 

पोखराको मतगणनास्थलमा तनाव, २ सांसद धर्नामा, कांग्रेस–माओवादीद्वारा बहिस्कार

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?