सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा ९ घाइते, २ को अवस्था गम्भीर

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १८, २०७४
|
|
२६ पटक हेरिएको
Shares
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा ९ घाइते, २ को अवस्था गम्भीर

सारांश

  • सुर्खेत, चैत्र १८ ।
  • सुर्खेतबाट नेपालगञ्जका लागी छुटेको यात्रुबाहक फोर्स गाडी आज विहान साढे ८ वजे सुर्खेत स्थित तिनकुने चोकमा दुर्घटना भएको छ ।
  • देउती नागरिक यातायात प्रालीको बा ५ ख २८२७ नम्वरको फोर्स बस वीरेन्द्रनगर स्थित एयरपोर्ट नजिकै तिनकुने चोकमा दुर्घटना भएको सुर्खेत प्रहरीले जनाएको छ ।

सुर्खेत, चैत्र १८ । सुर्खेतबाट नेपालगञ्जका लागी छुटेको यात्रुबाहक फोर्स गाडी आज विहान साढे ८ वजे सुर्खेत स्थित तिनकुने चोकमा दुर्घटना भएको छ ।

देउती नागरिक यातायात प्रालीको बा ५ ख २८२७ नम्वरको फोर्स बस वीरेन्द्रनगर स्थित एयरपोर्ट नजिकै तिनकुने चोकमा दुर्घटना भएको सुर्खेत प्रहरीले जनाएको छ ।

 

सो बस बालुवा बोकेर रोड क्रस गर्दै गरेको भे १ त ५३५९ नम्वरको ट्याक्टरसंग ठक्कर खाँदा ९ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाईते हुनेहरुमा वीरेन्द्रनगर नगरपालिका ७ शंकर चोकका दिपक पाण्डे, सोही ठाउँका १९ वर्षिया गिता पाण्डे, फोर्स चालक विनपा ११ का ईद्रिस बक्स रहेका छन् ।

यस्तै विनपा ९ का जानकी भण्डारी, दुल्लु दैलेखखका कर्ण रिजाल, विनपा ९ का पुनम राई, सोही ठाउँका भरत राई, विनपा ९ का १० बर्षिय बालक इसान श्रेष्ठ र चन्दन नाथ नगरपालिका जुम्लाकी १९ बर्षिया गोमा नगरकोटी रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाईते २ जनालाई थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । अन्य घाईते यात्रुहरुको सुर्खेत स्थित देउती नर्सिङ्ग होम र माया नर्सिङ्ग होममा उपचार भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?