सुशासन समितिद्वारा अख्तियार प्रमुखसँग छलफल गर्ने निर्णय

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ८, २०७५
|
|
३१ पटक हेरिएको
Shares
सुशासन समितिद्वारा अख्तियार प्रमुखसँग छलफल गर्ने निर्णय

सारांश

  • काठमाडौं।
  • संघीय संसद अन्तर्गतको दीगो विकाश तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुशन्धान आयोगसँग छलफल गर्ने भएको छ।
  •   समितिको बुधबार बसेको बैठकले भ्रष्टाचार न्यूनीकरण गर्न आयोगले गरिरहेका कामबारे जानकारी लिन  अख्तियार प्रमुख नवीन घिमिरेलाई आगामी आइतबार बोलाउने भएको हो।
काठमाडौं। संघीय संसद अन्तर्गतको दीगो विकाश तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुशन्धान आयोगसँग छलफल गर्ने भएको छ। 
समितिको बुधबार बसेको बैठकले भ्रष्टाचार न्यूनीकरण गर्न आयोगले गरिरहेका कामबारे जानकारी लिन  अख्तियार प्रमुख नवीन घिमिरेलाई आगामी आइतबार बोलाउने भएको हो। 
राष्ट्रिय सभाको यो समितिले दिगो विकास तथा सुशासनको विषयसँग सम्बन्धित सरकारी निकायको नीति तथा कार्यक्रम, स्रोत परिचालनको अवस्था, व्यवस्थापनका विषयमा अनुगमन गरी सम्बन्धित निकायलाई आवश्यक राय, सल्लाह र निर्देशन दिने अधिकार राख्छ। बुधबार बसेको बैठकमा देशमा बढिरहेको भ्रष्टाचार कम गरी सुशासन कायम गर्न अख्तियारले गरिरहेका काम बारे जानकारी लिन प्रमुख घिमिरेलाई बोलाउने निर्णय गरेको हो।
समितिको बैठकले  दीगो बिकाश तथा सुशासन समितको कार्य योजना पनि पास गरेको छ। सांसद रमेश जंग रायमाझीको संयोजकत्वमा ७ सदस्य उप समिति गठन गरेको थियो। उपसमितिले देशको दीगो विकाश तथा सुशासन सम्बन्धमा सरकारको योजना, सरोकारवाला निकायको भूमिका,नीति तथा कार्यक्रमहरुको अध्ययन गरि आवश्यक परामर्श निर्देशन दिन सक्ने गरि कार्य योजना बनाएको छ। 
समितिले पहिलो पटक ट्रान्सपरेन्सि इन्टरनेशनलको प्रतिवेदनलाई समितिमा छलफल गर्ने योजना पनि बनाएको छ। समितिले राष्ट्रिय गौरवको आयोजनाको बिषयमा छलफल गर्ने देखि राष्ट्रिय योजना आयोग समेतलाई समितिमा बोलाएर छलफल गर्ने कार्यक्रम उपसमितिको कार्ययोजनामा रहेको छ।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाँकेमा पत्रकार र चिकित्सकको पनि उम्मेदवारी, वाम र लोकतान्त्रिकमा बागी
बाँकेमा पत्रकार र चिकित्सकको पनि उम्मेदवारी, वाम र लोकतान्त्रिकमा बागी
छाडा गाईलाई व्यवस्थापन गर्न गौशाला निर्माण हुँदै
छाडा गाईलाई व्यवस्थापन गर्न गौशाला निर्माण हुँदै
तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता माडीमा
तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता माडीमा
भिर कटान गर्न नसक्दा, मध्यपहाडी लोकमार्ग निर्माणमा समस्या
भिर कटान गर्न नसक्दा, मध्यपहाडी लोकमार्ग निर्माणमा समस्या
भौतिक बस्तुमाथिको आक्रमण निन्दनिय: मेयर सेजुवाल
भौतिक बस्तुमाथिको आक्रमण निन्दनिय: मेयर सेजुवाल
आजबाट भिडभाड गरे राजधानीमा कारवाही गरिने
आजबाट भिडभाड गरे राजधानीमा कारवाही गरिने
कपन क्षेत्रको डुबान समस्या समाधानका लागि अध्ययन हुँदै
कपन क्षेत्रको डुबान समस्या समाधानका लागि अध्ययन हुँदै
कामु प्रधानन्यायाधीश प्रकरण: जोशीले आफ्नो दाबी गरेको सिम्बोल नम्बरमा हिमबहादुर लेकाली !
कामु प्रधानन्यायाधीश प्रकरण: जोशीले आफ्नो दाबी गरेको सिम्बोल नम्बरमा हिमबहादुर लेकाली !
सुसाइड नोट लेखेर फेरि अर्का रेडियो पत्रकारले गरे आत्महत्या
सुसाइड नोट लेखेर फेरि अर्का रेडियो पत्रकारले गरे आत्महत्या
नायरको अष्ट्रेलियन एजुकेसन फेयर असोज २ देखि सुरु
नायरको अष्ट्रेलियन एजुकेसन फेयर असोज २ देखि सुरु

तपाईंले छुटाउनुभयो कि?