सेक्स गर्न खासै ठूलाे ठाउँ चाहिँदैन… बच्चा जन्माउन अपिल गर्दै मन्त्रीले भनिन्

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २९, २०७३
|
|
१२२ पटक हेरिएको
Shares
सेक्स गर्न खासै ठूलाे ठाउँ चाहिँदैन… बच्चा जन्माउन अपिल गर्दै मन्त्रीले भनिन्

सारांश

  • सिंगापुरकी वरिष्ठ मन्त्री जोसेफिन तियोले सेक्सका लागि धेरै ठाउँ नचाहिने बताएकी छन् ।
  • सिंगापुरमा घट्दो शिशु जन्मदरलाई लिएर मन्त्री जोसेफिनले सरकारी मिडियामाझ भनिन्– सेक्स गर्नलाई धेरै ठाउँको जरुरत पर्दैन ।
  • कम ठाउँमा पनि यो गनै सकिन्छ ।

screenshot_2016-10-15-22-23-17
सिंगापुरकी वरिष्ठ मन्त्री जोसेफिन तियोले सेक्सका लागि धेरै ठाउँ नचाहिने बताएकी छन् । सिंगापुरमा घट्दो शिशु जन्मदरलाई लिएर मन्त्री जोसेफिनले सरकारी मिडियामाझ भनिन्– सेक्स गर्नलाई धेरै ठाउँको जरुरत पर्दैन । कम ठाउँमा पनि यो गनै सकिन्छ ।

जनसंख्या वृद्धिको घट्दो अनुपातलाई मध्यनजर गर्दै ती मन्त्रीलाई सोधिएको थियो– के सिंगापुरका युवा वर्ग आफूसँग घर नभएकै कारण बच्चा नजन्माएका हुन् ? त्यसकै जवाफमा मन्त्री जोसेफिनले उक्त जवाफ दिएकी थिइन् ।

सिंगापुरका युवा वर्ग आफ्ना आमाबुबासँग रहँदा बच्चा जन्माउन नचाहने अनुसन्धानले देखाएको छ । जबकी मन्त्री जोसेफिन भन्छिन्– सम्पत्ति प्राथमिकतामा राख्नु हुँदैन । सरकारले आफ्ना जनतालाई परिवार बढाउन प्रोत्साहन गरिरहेको छ ।

विश्वको अन्य धनी राष्ट्रजस्तै सिंगापुरमा पनि शिशु जन्मदर एकदमै न्युन छ । सन् २०१३ मा सरकारले बच्च जन्माउन चाहनेहरुका लागि घर किनिदिने योजना सुरु गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?