स्थानीय तहको दोस्रो चरणको निर्वाचन: मतदान सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
२५ पटक हेरिएको
Shares
स्थानीय तहको दोस्रो चरणको निर्वाचन: मतदान सुरु

सारांश

  • स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत मतदान भइरहेको छ ।
  • प्रदेश नं १, ५ र ७ का स्थानीय तहहरुमा उत्साहका साथ मतदान सुरु भएको छ ।
  •  बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तय गरिएको छ ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत मतदान भइरहेको छ । प्रदेश नं १, ५ र ७ का स्थानीय तहहरुमा उत्साहका साथ मतदान सुरु भएको छ ।  बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तय गरिएको छ । तर साँझ ५ बजेभित्र लाइनमा बसेकाले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

पहिलो चरणझैँ यसपटक पनि गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित, महिला वडा सदस्य पदका लागि निर्वाचन हुनेछ । दोस्रो चरणको निर्वाचनमा एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुनेछ ।

तीन प्रदेशका स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन् । चार हजार ५ सय ८१ मतदानस्थलका आठ हजार ३ सय ६८ मतदान केन्द्रमा मतदान हुँदै छ । स्थानीय तहको नेतृत्व गर्ने स्थानीय व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको जिम्मेवारी निर्वाह गर्ने जनप्रतिनिधिको चयन गर्नेछ ।

६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने ४१ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।

गुल्मीको इस्मा गाउँपालिका– ५ रामराज्य मावी केन्द्रमा १०१ वर्षीया तुलसादेवी अर्यालले मतदान गरेर उदघाटन गरेकी छिन् । उक्त केन्द्रमा २ हजार ३ सय ६६ मतदाता रहेको मतदान अधिकृत गिरिप्रसाद अर्यालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?