स्थानीय तहमा कुन दल बाट को-को बने उम्मेदवार ?
सारांश
- वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय सुरु भएको उम्मेदवारी मनोनयन दर्ता भएको छ।
- ।
- १० बेजेदेखि नै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा आई उम्मेदवारहरुले मनोनयन दर्ताका उम्मेद्वारहरु पुगिसकेका छन् ।
वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय सुरु भएको उम्मेदवारी मनोनयन दर्ता भएको छ। । १० बेजेदेखि नै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा आई उम्मेदवारहरुले मनोनयन दर्ताका उम्मेद्वारहरु पुगिसकेका छन् ।
संविधानसभाबाट बनेको संविधान कार्यान्वयन गर्ने क्रममा यो स्थानीय तह निर्वाचन हुन लागेको हो । पहिलो चरणमा प्रदेश नं. ३, ४ र ६ मा सञ्चालन हुने यस निर्वाचनमा उक्त तीन वटै प्रदेशमा गरी ४ वटा महानगरपालिका, १ उपमहानगर, ९२ वटा नगरपालिकाका मेयर, उपमेयर तथा १ सय ८६ वटा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि मनोनयन दर्ता भएको छ। ।
काठमाडौं
काठमाडौं महानगरपालिकाको मेयरको रुपमा १७ जनाले उम्मेदवारी दर्ता गर्नु भएको छ। अधिकांश स्वतन्त्र रहेका छन्। मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्मको अवधिमा सबैले उम्मेदवारी दर्ता गरिसक्नु पर्ने छ।
१ किशोर थापा
पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीको समर्थनमा स्वतन्त्र उम्मेदवारका रुपमा ५८ वर्षका सहरी विकास मन्त्रालयका पूर्व सचिव किशोर थापाले काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवारी दिनुभएको हो। कामनपा १४ कलंकी स्थायी घर हुनुभएका थापाको प्रस्तावक आइभी थापा, समर्थक मुमाराम खनाल हुनुहन्छ।
२ विनोद कुमार क्षेत्री
स्वतन्त्र तर्फबाटै कामनपा १६ सोह्रखुट्टेका ६९ वर्षीय विनोदकुमार क्षेत्रीले मेयरको रुपमा उम्मेदवारी दर्ता गर्नु भएको छ। उहाँको प्रस्तावक रुपा क्षेत्री केसी, समर्थक विजय नरसिंह केसी हुनुहुन्छ।
३ रञ्जु न्यौपाने (दर्शना)
मेयरको रुपमा विवेकशील नेपाली पार्टीको समर्थनमा कामनपा ३ महाराजगञ्ज स्थायी घर हुनुभएकी २१ बर्षीया रञ्जु न्यौपानेले मेयरको रुपमा उम्मेदवारी दर्ता गर्नु भएको छ। उहाँको प्रस्तावक विद्याप्रसाद गौचन र समर्थक सरदराज खनाल हुनुहुन्छ।
४ सुरेन्द्रप्रसाद ढकाल
देशभक्त पर्यावरणीय सामाजिक मोर्चा पार्टीबाट कामनपा ३१ स्थायी घर हुनु भएका ५८ बर्षीय सुरेन्द्रप्रसाद ढकालले मेयरको रुपमा उम्मेदवारी दर्ता गर्नु भएको छ। उहाँको प्रस्तावकमा राम श्रेष्ठ र समर्थक निरा रञ्जीत हुनुहुन्छ।
५ अमोट महर्जन
त्यस्तै पाँचौ नम्बरमा कमनपा १५ स्वयम्भूका ३४ वर्षीय अमेज महर्जनले उम्मेदवारी दर्ता गर्नु भएको छ। उहाँको प्रस्तावक सानु नेपाली र समर्थक श्याम ठकुरी हुनुहुन्छ।
६ निर्मलकुमार थापा
सँगै काठमाडौं महानगरपालिकाको मेयरमा राष्ट्रिय जनमोर्चाको तर्फबाट कामनपा ३१ बागबजार स्थायी घर हुनुभएका ६३ बर्षीया डा. निर्मल कुमार थापाले उम्मेदवारी दर्ता गर्नु भएको छ। उहाँको प्रस्तावक समुन्द्र मानन्धर र समर्थक सुदन बज्राचार्य हुनुहुन्छ।
७ लक्ष्मीप्रसाद भण्डारी
मेयरकै रुपमा कामनपा ३ महाराजगञ्जका ६५ बर्षीय लक्ष्मीप्रसाद भण्डारीले उम्मेदवारी दर्ता गराउनु भएको छ। उहाँको प्रस्तावक लक्ष्मी भण्डारी र समर्थक प्रज्वल भण्डारी हुनुहुन्छ।
८ नेत्रबहादुर लिम्बू
कामनपा १३ कालिमाटीका ५२ वर्षीय नेत्रबहादुर लिम्बूले समेत स्वतन्त्र काठमाडौंको मेयरका लागि उम्मेदवारी दिनुभएको छ। उहाँको प्रस्तावकमा कुलबहादुर बस्नेत र समर्थकमा सुमन पौडेल हुनुहुन्छ।
९.पुरुषोत्तम दंगाल
कामनपा ४ बालुवाटारका ४३ वर्षीय पुरुषोत्तम दंगालले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ। उहाँको मेयर पदको उम्मेदवारीका लागि चन्ददत्त दंगाल प्रस्तावक हुनुहुन्छ भने विशालकुमार न्यौपाने समर्थक रहनु भएको छ।
१० भरत बहादुर बिसुराल (हिमालयन टाइगर)
सँगै स्वतन्त्रबाट कमनपा ३ महाराजगञ्जका ५९ वर्षीय भरतबहादुर बिसुराल अर्थात् रेस्लर हिमालयन टाइगरले मेयरको रुपमा उम्मेदवारी दर्ता गराउनु भएको छ। उहाँको प्रस्तावक सुशान्त श्रेष्ठ र समर्थक रविन्द्रमान प्रजापति हुनुहुन्छ।
११ कुलनारायण डंगोल
११ नम्बरमा भने नेमकिपाबाट कमनपा ५ हाडीगाउँका ५४ बर्षीय कुल नारायण डंगोलले मेयरको रुपमा उम्मेदवारी दर्ता गर्नु भएको छ। उहाँको प्रस्तावक गोपाल डंगोल र समर्थक बाबुराम प्रजापतिहुनुहुन्छ।
१२ गोर्कीप्रसाद श्रेष्ठ
काठमाडौंको मेयरकै रुपमा स्वतन्त्र तर्फ कामनपा २० हनुमानका ६५ वर्षीय गोर्कीप्रसाद श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ। उहाँको प्रस्तावक पवनमान श्रेष्ठ र समर्थक आमीर रत्न ताम्राकार हुनुहुन्छ।
१३ बचपनराज श्रेष्ठ
सँगै १३ औँ नम्बरमा कमनपा २१ का ६४ वर्षीय बचपनराज श्रेष्ठले नेकपा संयुक्तको तर्फबाट मेयरको उम्मेदवारी दर्ता गर्नुभएको छ। उहाँको प्रस्तावक सुरेन्द्रलाल नकर्मी र समर्थक सुरेन्द्र मान शाक्य हुनुहुन्छ।
१७ सर्वोत्तमदाश डंगोल
नेकपा (माओवादी केन्द्र) ले काठमाडौं महानगरपालिकाको मेयरमा कालिमाटी १३ का सर्वोत्तमदाब डंगोलको उम्मेदवारी दर्ता गरेको छ। उपमेयरमा भने वडा नम्बर ६ बौधकी सुशीलाकुमारी पौडेलको उम्मेदवारी दर्ता गराएको छ।मेयर उम्मेदवार डंगोलको प्रस्तावक रविन्द्रप्रसाद श्रेष्ठ श्रेष्ठ र समर्थकमा सरिता महर्जन हुनुहुन्छ भने उपमेयर सुशीलाको प्रस्तावमा रञ्जना पौडेल र समर्थकमा गोविन्द भट्टराई हुनुहुन्छ ।
१४ पवित्र बज्राचार्य
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालको तर्फबाट संयुक्त रुपमा कामनापा २३ का ५७ वर्षीय पवित्र बज्राचार्यले काठमाडौंको मेयरको रुपमा उम्मेदवारी दर्ता गर्नु भएको छ । उहाँको प्रस्तावक महेशमान श्रेष्ठ र समर्थक सानुराजा राक्य हुनुहुन्छ।
१५ ज्ञानुमाया तामाङ
त्यस्तै कमनपा ६ बौधकी ज्ञानुमाया तामाङ (ज्वालादेवी चन्डीमाता)ले समेत काठमाडौंको मेयरको रुपमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नु भएको छ। उहाँको प्रस्तावक उर्मिला मानन्धर र समर्थक पूर्णदेवी मानन्धर हुनुहुन्छ।
१६ नवराज कार्की
अर्का स्वतन्त्र उम्मेदवार कामनपा ३२ का नवराज कार्कीले काठमाडौंको मेयरको रुपमा उम्मेदवारी दर्ता गर्नु भएको छ । उहाँको प्रस्तावक विष्णुराज अर्याल र समर्थक भाइकाजी सापकोटा हुनुहुन्छ।
चन्द्रागिरी नगरपालिका
कांग्रेस : घनश्याम गिरी, इन्दिरा श्रेष्ठ
एमाले : शशि शर्मा अर्याल, मीरा आचार्य महर्जन
कीर्तिपुर नगरपालिका
कांग्रेस : राजकुमार नकर्मी, विमला विष्ट
एमाले : रमेश महर्जन र सरस्वती खड्का
बुढानिलकण्ठ नगरपालिका
कांग्रेस : राजु श्रेष्ठ, शुभद्रा खड्का
एमाले : उद्धव खरेल, रमा राई
गोकर्णेश्वर नगरपालिका
कांग्रेस : सन्तोष चालिसे, शान्ति नेपाल
एमाले : पुण्य चौलागाई, शान्ति श्रेष्ठ
माओवादी केन्द्र : टिआर नेपाल
कागेश्वरी मनोहर नगरपालिकामा
माओवादी : महेश्वर फुयाल
कांग्रेस : उपेन्द्र कार्की, अनिता अधिकारी
एमाले : कृष्णहरि थापा, विन्दु सिंखडा
शंखरापुर नगरपालिका
कांग्रेस : शंकर तिवारी, मञ्जु खड्का
एमाले : सुवर्ण श्रेष्ठ, शुक्रलक्ष्मी श्रेष्ठ
माओवादी : कृष्णराज सुवेदी, इन्द्रमाया तामाङ
राप्रपा : मिजेन्द्रकाजी श्रेष्ठ, बेली तामाङ
टोखा नगरपालिका
एमाले : प्रकाश अधिकारी, ज्ञानमाया डंगोल
कांग्रेस : हरिहर अधिकारी, रजनी थापा
नागार्जुन नगरपालिका
कांग्रेस : मोहन बस्नेत, कल्याणी खड्का
एमाले : कृष्णहरि खत्री, सुशीला अधिकारी
तारकेश्वर नगरपालिका
कांग्रेस : श्रीराम थापा
एमाले : रामकृष्ण बोहरा, भानु डोटेल
दक्षिणकाली नगरपालिका
कांग्रेस : मोहन बस्नेत, बसन्ती तामाङ महर्जन
एमाले : प्रह्लाद कार्की, लीषा नकर्मी
लितपुर
गोदावरी नगरपालिका
कांग्रेस : गजेन्द्र महर्जन, मुना अधिकारी
एमाले : श्यामकृष्ण सिलवाल, तारा सञ्जेल
माओवादी केन्द्र : श्रीगोविन्द महर्जन, सीता घिमिरे
राप्रपा : कृष्ण देसार, देवकी खड्का
नयाा शक्तिको पार्टी : विनोद महर्जन, अन्जना तामाङ
क्रान्तिकारी माओवादी : श्याम केसी
एमाले : हरिकृष्ण बेञ्जनकार, बाबुकाजी प्रधान (राप्रपा)
माओवादी केन्द्र : दिपेश महर्जन, मञ्जली शाक्य
क्रान्तिकारी माओवादी : विजय खड्का, इन्दिरा अधिकारी
रामेछाप
मन्थली नगरपालिका
कांग्रेस : विनोद कार्की, गंगा अधिकारी
एमाले : रमेश बस्नेत, माया कार्की
माओवादी केन्द्र : तारानारायण श्रेष्ठ, रितादेवी घिमिरे
रामेछाप नगरपालिका
कांग्रेस : नरबहादुर थापामगर, सिर्जना खड्का
एमाले : रोशन पाख्रिन, शान्ता सापकोटा
माओवादी केन्द्र : शिशिर खड्गी, इन्दिरा बख्रेल
चितवन
भरतपुर महानगरपालिका
कांग्रेस : दिनेश कोइराला, पार्वती शाह
एमाले : देवी ज्ञवाली, दिव्या आचार्य
माओवादी : रेणु दाहाल, सुरेन्द्र गुरुङ
राप्रपा : बद्री तिमल्सिना, टुंगो लाग्न बाँकी
कालिका नगरपालिका
कांग्रेस : कमलप्रसाद आचार्य, निरुजा श्रेष्ठ
एमाले : खुमनारायण (गोपी) श्रेष्ठ, कमला भट्टराई
माओवादी : रामध्वज डल्लाकोटी, सविता लामा
राप्ती नगरपालिका
कांग्रेस : किरणभूषण ओली, अनिता मैनाली
एमाले : प्रभा बराल, इमानसिंह लामा
माओवादी : रामचन्द्र पाठक, कल्पना लामा घलान
माडी नगरपालिका
कांग्रेस : खेमप्रसाद महतो, शिवमाया भट्टराई
एमाले : नारदमणि पौडेल, ताराकुमारी काजी महतो
माओवादी : ठाकुरप्रसाद ढकाल, सरिता महतो
राप्रपा : बद्री तिमल्सिना
खैरहनी नगरपालिका
एमाले : लालमणि चौधरी, सुनीता थपलिया
माओवादी : एकराज डल्लाकोटी, रेवती उप्रेती ।
मकवानपुर
हेटौंडा उपमहानगपालिका
एमाले : हरिबहादुर महत
माओवादी : बलराम बल, कमला पौडेल
राप्रपा : मधु अधिकारी
थाहा नगरपालिका
एमाले : विष्णु ढकाल, कल्पना बलामी
माओवादी : लवशेर विष्ट, शकुन्तला गोपाली
राप्रपा : हरेराम कार्की ।
काभ्रे
धुलिखेल नगरपालिका
कांग्रेस : रमेशप्रसाद हुमागाईं, निर्मला योगल श्रेष्ठ
एमाले : अशोक व्याञ्जु, जमुना लामा
माओवादी : सरस्वती लामा (कविता), दिनदयाल सोजू
राप्रपा : मनसुमन श्रेष्ठ, रमा थापा
बनेपा नगरपालिका
कांग्रेस : राम जोशी, निर्मला श्रेष्ठ
एमाले : लक्ष्मीनरसिंह बादे, रेखा सापकोटा (दाहाल)
माओवादी : भोला अर्याल, सुशीला शुद्धकार
राप्रपा : अनन्तप्रसाद दाहाल, रुपा बिष्ट
पनौती नगरपालिका
कांग्रेस : विदुर वञ्जारा, अञ्जु रञ्जित केसी
एमाले : भीम न्यौपाने, गीता बञ्जारा
माओवादी : जगन्नाथ गिरी, जमुना सापकोटा
राप्रपा : आरजुकुमार केसी, अप्सरा विक
पाँचखाल नगरपालिका
कांग्रेस : महेश खरेल, लक्ष्मी दनुवार
एमाले : रुद्र बानियाँ, भक्तकुमारी लामा
माओवादी : आइतसिं तामाङ, रुकमणि बराइली
राप्रपा : बिष्णु गौतम, सुनिता दनुवार सापकोटा
नमोबुद्ध नगरपालिका
कांग्रेस : कुन्साङ लामा, कमला खनाल
एमाले : टंकप्रसाद शर्मा (टिपी), रामदेवी लामा
माओवादी : रत्न लामा, नानू घतानी
राप्रपा : भीमबहादुर लामा, भवानी उप्रेती
मण्डन देउपुर नगरपालिका
कांग्रेस : अच्युतप्रसाद पौडेल, राधिका ढकाल
एमाले : टोकबहादुर वाइबा, निर्मला शाही
माओवादी : रिता ढकाल, निरञ्जन विष्ट
राप्रपा : रामकृष्ण सापकोटा, उपप्रमुख : टुंगो लाग्न बाँकी
बेथानचोक गाउँपालिका
कांग्रेस : प्रेमबहादुर तिमल्सिना, सरिता लामिछाने तामाङ
एमाले : प्रेम लामा, उन्नती केसी
माओवादी : मर्दनसिं तामाङ, तारा राना तिमल्सिना
राप्रपा : कमलबहादुर लामा, उपाध्यक्ष : टुंगो लाग्न बाँकी
रोशी गाउँपालिका
कांग्रेस : दलबहादुर लामा (डिबी), लक्ष्मी बर्तौला
एमाले : बज्रध्वज वाइबा, बबिता बोहोरा
माओवादी : मिमबहादुर वाइबा, उपाध्यक्ष : टुंगो लाग्न बाँकी
राप्रपा : पशुपतिकुमार शाह, गंगामाया लामा
भुम्लु गाउँपालिका
कांग्रेस : तस्बिर लामा, शान्ता क्षेत्री थापा
एमाले : गुमानध्वज कुँवर, कल्पना श्रेष्ठ
माओवादी : नकुल पराजुली, अनिता गुरुङ
राप्रपा : नारायणदास उप्रेती, उपाध्यक्ष : टुंगो लाग्न बाँकी
तेमाल गाउँपालिका
कांग्रेस : सलामसिं तामाङ, दुर्गामाया तामाङ
एमाले : प्रदीप लामा, उषा घिसिङ
माओवादी : गंगाबहादुर दोङ, कल्पना मोक्तान
राप्रपा : केशव तामाङ, उपाध्यक्ष : टुंगो लाग्न बाँकी
महाभारत गाउँपालिका
कांग्रेस : रकमसिंह घलान, बिष्णुमाया पुलामी
एमाले : राजकुमार कुँवर, रविनमाया अस्तानी
माओवादी : कान्छामान जिम्बा, जुनिता मगर
राप्रपा : प्रकाश मोक्तान, उपाध्यक्ष : टुंगो लाग्न बाँकी
खानीखोला गाउँपालिका
कांग्रेस : गोपाल घिमिरे, तारादेवी आचार्य
एमाले : कृष्णबहादुर खुलाल, रुकमणि गुरुङ
माओवादी : इन्द्रबहादुर थिङ, बिष्णुमाया मोक्तान
राप्रपा : चन्द्रबहादुर जिम्बा, उपाध्यक्ष : टुंगो लाग्न बाँकी
चौरीदेउराली गाउँपालिका
कांग्रेस : विक्रम गौतम, मिना लामा
एमाले : लेखराज गौतम, यशु लामा
माओवादी : दिनानाथ गौतम, गीता रसाइली
राप्रपा : गण्डिवराज गिरी, उपाध्यक्ष : टुंगो लाग्न बाँकी
नुवाकोट
विदुर नगरपालिका
माओवादी : लीलानाथ न्यौपाने, सुभद्रा नेपाल
एमाले : सञ्जु पण्डित, गीता दाहाल अर्याल
बेलकोटगढी नगरपालिका
एमाले : राजेन्द्ररमण खनाल, रूपा सापकोटा
माओवादी : जगबहादुर गुरुङ, कविता ढुंगाना
राप्रपा : कुमार गजुरेल
कास्की
पोखरा लेखनाथ महानगरपालिका
पोखरा लेखनाथ महानगरपालिका
कांग्रेस : रामजी कुँवर, सरस्वती गुरुङ
एमाले : मानबहादुर जिसी, मन्जु गुरुङ
माओवादी केन्द्र : विश्वप्रकाश लामिछाने र गोमा ढकाल
राप्रपा : गीता गुरुङ र रमेशबहादुर खत्री
समाजवादी फोरम र नयाँ शक्ति : हुम गुरुङ र लक्ष्मी खाती
म्याग्दी
बेनी नगरपालिका
कांग्रेस : हरिकुमार श्रेष्ठ
एमाले : प्रमोद श्रेष्ठ/सुरत केसी, दुर्गा कार्की बानियाँ
माओवादी : ज्योती लामिछाने पौडेल (उपप्रमुख)
राप्रपा : एकेन्द्र रावल (प्रमुख), सञ्जु बरुवाल
तनहुँ
ब्यास नगरपालिका
कांग्रेस : वैकुण्ठ न्यौपाने, मीरा जोशी
एमाले : शंकरनारायण श्रेष्ठ, मनुमाया श्रेष्ठ
माओवादी केन्द्र : अतेन्द्रकेशरी न्यौपाने (प्रमुख)
भानु नगरपालिका
एमाले : विद्यानाथ ढकाल, भगवती न्यौपाने
शुक्लागण्डकी नगरपालिका
एमाले : रामचन्द्र उपाध्याय, रेखा थापा बस्याल
माओवादी केन्द्र : अतेन्द्रकेशरी न्यौपाने (प्रमुख)
भीमाद नगरपालिका
कांग्रेस : पुष्पा पराजुली, इन्दिरा खनाल
एमाले: दधिराज सुवेदी (प्रमुख)
बागलुङ
बागलुङ नगरपालिका
राप्रपा : सुरेन्द्र खडका (प्रमुख)
जैमिनी नगरपालिका
राप्रपा : केशव सापकोटा, विना केसी
ढोरपाटन नगरपालिका
राप्रपा : नीमबहादुर भण्डारी, नरमती बुढा
लमजुङ
बेंसीसहर नगरपालिका
कांग्रेस : भेषबहादुर पौडेल, तिरकाशी गुरुङ
राप्रपा : रामबहादुर थापा (प्रमुख)
सुन्दरबजार नगरपालिका
कांग्रेस : बद्रीमान श्रेष्ठ, ज्ञानु शाह
राप्रपा : नवराज बसौला (प्रमुख)/
माओवादी केन्द्र : अतेन्द्रकेशरी न्यौपाने (प्रमुख)
मध्यनेपाल नगरपालिका
कांग्रेस : रमेशकुमार पाण्डे, सीता शाही
माअोवादी केन्द्र : मोहनहरि पौडैल (प्रमुख)
राप्रपा : श्रीप्रसाद घिमिरे, गुहेश्वरी बिक
राइनास नगरपालिका
कांग्रेस : खडकबहादुर गुरुङ (प्रमुख)
एमाले : सिंहबहादुर थापा (प्रमुख
राप्रपा : राजेन्द्र लौडारी (प्रमुख)
सुर्खेत
वीरेन्द्रनगर नगरपालिका
कांग्रेस : देवकुमार सुवेदी, जानकी सिंह
एमाले : बालाराम शर्मा, मोहनमाया ढकाल
माओवादी : रत्न गाहा, उपप्रमुख हरिमाया शर्मा
गुर्भाकोट नगरपालिका
कांग्रेस : हस्त पुन, मैना विक
एमाले : देवबहादुर खत्री, सुशीला विक
माओवादी : हिरा थापा, नन्दकली विक
भेरीगंगा नगरपालिका
कांग्रेस: भूपेन्द्रबहादुर चन्द, रेणु ढकाल
एमाले : यज्ञप्रसाद ढकाल, चन्द्रा आचार्य
माओवादी : कृष्णप्रसाद गिरी, डिलसरा थापा
पञ्चपुरी नगरपालिका
कांग्रेस : उपेन्द्रबहादुर थापा, मुक्तिदेवी पुरी
एमाले : मनबहादुर विक, राजकुमारी तिवारी
माओवादी : धनबहादुर थापा, सीता पाण्डे
लेकबेंसी नगरपालिका
कांग्रेस : उमेश पौडेल, डिलमती विक
एमाले : गगनसिं सुनार, शान्तिकुमारी छन्तेल
माओवादी : खड्गबहादुर घर्ती, आरती विक
मुसीकोट नगरपालिका
कांग्रेस : महेन्द्र केसी, हिमकुमारी मल्ल
एमाले : विमलकुमार पुन, केशरी गौतम
माओवादी : देविलाल गौतम, प्रेमकुमारी सुनार केसी
चौरजहारी नगरपालिका
कांग्रेस : बलवीर गोसाईँ, मनीषा भण्डारी
एमाले : शेरबहादुर केसी, कल्याणी खड्का
माओवादी : विशाल शर्मा, राधा रोका
आठबिसकोट नगरपालिका
कांग्रेस : धिरेन्द्र बटाला, अनिता बुढा
एमाले : हरिप्रसाद शर्मा, अमृता शाह
माओवादी : गोरखबहादुर केसी, गीता नेपाली
कालिकोट
खाँडाचक्र नगरपालिका
एमाले : जसिप्रसाद पाण्डे, विजया विष्ट
कांग्रेस : पदमबहादुर शाही, राजकौरा शाही
माओवादी : लक्ष्मी प्र चौलागाईं (शैलेन्द्र), गंगा खड्का
रास्कोट नगरपालिका
एमाले : मनिराज बराल, उमा शाही
कांग्रेस : दानबहादुर बम, भावना शाही
माओवादी : काशिचन्द्र बराल, मिमसरा बम शाही
तिलागुफा नगरपालिका
एमाले : कलबहादुर शाही, गंगा खत्री
कांग्रेस : शंकर उपाध्याय, लक्ष्मी शाही
माओवादी : रतनबहादुर शाही
जुम्ला
चन्दननाथ नगरपालिका
माओवादी : अशोक कुमार श्रेष्ठ
जाजरकोट
भेरी नगरपालिका
कांग्रेस : सनतकुमार कार्की, धनाकुमारी चपाई
एमाले : सिपी घर्ती मगर, भावना भण्डारी
माओवादी : ढकबीर राना, कृष्णा शर्मा
छेडागार नगरपालिका
कांग्रेस : रत्नबहादुर खडा, उपप्रमुख रेश्मा शाही
एमाले : लालबहादुर महतारा, सरीता वली
माओवादी : चन्द्रबहादुर थापा, धर्मशिला बस्नेत
त्रिवेणी नलगाड नगरपालिका
कांग्रेस : छवि पन्त, धनमाया शाही
एमाले : नबेन्द्र नेपाली, सुनिता बोहरा
माओवादी : टेकबहादुर रावल, बालकुमारी बस्नेत
दैलेख
नारायण नगपालिका
काँग्रेस : मणिराम रेग्मी, वासना थापा
एमाले : रत्नबहादुर खड्का, सावित्री मल्ल
राप्रपा : गंगाराम बस्नेत, कृष्ण सिहं
माओवादी : दानबहादुर महतारा
दुल्लु नगरपालिका
कांग्रेस : घनश्याम भण्डारी, कृष्णा शाही
एमाले : बरुनाथ योगी, विस्ना थापा खड्का
राप्रपा : गणेश उपाध्यय, दुर्गा शाही
माओवादी : ढकेन्द्रबहादुर शाही
आठविस नगरपालिका
कांग्रेस : प्रेम प्रकाश शाही, दीपा माझी
एमाले : खड्गराज उपाध्याय, गौमता विक
माओवादी : जोकबहादुर थापा मगर
चामुण्डा विन्दासैनी नगरपालिका
कांग्रेस : गणेशकुमार शाही, इन्द्राकुमारी शाही
एमाले : सूर्यबहादुर शाही, तारा शाही
मावोवादी : रण बहादुर खड्का ।
रुकुम
मुसिकोट नगरपालिका
कांग्रेस : महेन्द्र केसी, हिमकुमारी मल्ल
एमाले : विमलकुमार पुन, केशरी गौतम
माओवादी : देवीलाल गौतम, प्रेमकुमारी सुनार केसी
चौरजहारी नगरपालिका
कांग्रेस : बलवीर गोसाईं, मनीषा भण्डारी
एमाले : शेरबहादुर केसी, कल्याणी खड्का
माओवादी : विशाल शर्मा, राधा रोका
आठबिसकोट
कांग्रेस : धीरेन्द्र बटाला, अनिता बुढा
एमाले : हरिप्रसाद शर्मा, अमृता शाह
माओवादी केन्द्र : गोरखबहादुर केसी, गीता नेपाली
म्याग्दी
बेनी नगरपालिका
एमाले : प्रमोद श्रेष्ठ (प्रमुख)
राप्रपा : सन्जु बरुवालले (उपप्रमुख)
कांग्रेस : हरीकुमार श्रेष्ठ (प्रमुख)
माओवादी केन्द्र : ज्योति लामिछाने पौडेल (उपप्रमुख)
अन्नपूर्ण गाउँपालिका
कांग्रेस : डमबहादुर गर्वुजा पुन (प्रमुख)
एमाले : नारान पुन (प्रमुख)
माओवादी केन्द्र : लालमाया पुन (उपप्रमुख)
मंगला गाउँपालिका
एमाले : सतप्रसाद रोका, सृजना केसी
कांग्रेस : शर्मिला थापा (उपप्रमुख)
माओवादी केन्द्र : चन्द्रबहादुर बुढाथोकी (प्रमुख)
प्रतिक्रिया