हातहतियार र अवैध लागूऔषध गाँजासहित ४ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २९, २०७५
|
|
३८ पटक हेरिएको
Shares
हातहतियार र अवैध लागूऔषध गाँजासहित ४ जना पक्राउ

सारांश

  • काठमाडौं, २९ मंसिर ।
  • धादिङबाट आज बिहान विभिन्न हातहतियार र अवैध लागूऔषध गाँजासहित ४ जना पक्राउ परेका छन् ।
  • धादिङ बेनिघाट रोराङका ४० वर्षीय ठुलोकान्छा तामाङ, ३० वर्षीय सानोकान्छा तामाङ, बीरबहादुर तामाङ र चितवनका ४० वर्षीय गुन्जबहादुर घलान पक्राउ परेका हुन् ।

काठमाडौं, २९ मंसिर । धादिङबाट आज बिहान विभिन्न हातहतियार र अवैध लागूऔषध गाँजासहित ४ जना पक्राउ परेका छन् । धादिङ बेनिघाट रोराङका ४० वर्षीय ठुलोकान्छा तामाङ, ३० वर्षीय सानोकान्छा तामाङ, बीरबहादुर तामाङ र चितवनका ४० वर्षीय गुन्जबहादुर घलान पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय गजुरी र ३ नम्बर प्रदेश कार्यालय हेटौंडाबाट संयुक्त रुपमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

गुन्जबहादुर र ठुलोकान्छाको घरबाट भरुवा बन्दुक २ नाल, बाह्र बोरको १ नाल बन्दुक, सानोकान्छाको घरबाट भरुवा बन्दुक १ नाल, १० बोरा गाँजा र बिरबहादुरको घरबाट भरुवा बन्दुक १ नाल र १२ बोरा गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ