हात्तीपाइले रोग निवारण गर्न चुनौती

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १९, २०७३
|
|
३०८ पटक हेरिएको
Shares
हात्तीपाइले रोग निवारण गर्न चुनौती

सारांश

  • सम्भ्रान्त र हुनेखाने परिवारका सदस्यले नै हात्तीपाइले रोगविरुद्ध औषधि नखाइदिँदा रोग निवारणमा चुनौती बढेको छ।
  • हात्तीपाइले रोगको सङ्क्रमणबाट बढी प्रभावित जिल्लामध्येको एक कैलालीमा औषधि नखाने प्रवृत्ति छ।
  • साइड इफेक्ट हुन्छ भन्ने भ्रममा पर्दा सम्भ्रान्त र हुनेखानेले यो रोगविरुद्धको औषधि सेवन गर्न मान्दैनन्जान्ने बुझ्नेले पनि औषधि नखाइदिँदा रोगको पूर्ण रोकथाममा समस्या देखिन देखिएको हो ।

सम्भ्रान्त र हुनेखाने परिवारका सदस्यले नै हात्तीपाइले रोगविरुद्ध औषधि नखाइदिँदा रोग निवारणमा चुनौती बढेको छ।

हात्तीपाइले रोगको सङ्क्रमणबाट बढी प्रभावित जिल्लामध्येको एक कैलालीमा औषधि नखाने प्रवृत्ति छ। साइड इफेक्ट हुन्छ भन्ने भ्रममा पर्दा सम्भ्रान्त र हुनेखानेले यो रोगविरुद्धको औषधि सेवन गर्न मान्दैनन्जान्ने बुझ्नेले पनि औषधि नखाइदिँदा रोगको पूर्ण रोकथाममा समस्या देखिन देखिएको हो ।

ग्रामीण क्षेत्रका बासिन्दाले औषधि खानेदर सहरी क्षेत्रको तुलनामा बढी रहेको छ । दुई वर्ष उमेरमाथिका, दीर्घरोगी, गर्भवती, सिकिस्त बिरामी, मुटु–कलेजो रोगी, मिर्गौला र छारे रोगीबाहेकका सबैले हात्तीपाइले रोगविरुद्धको औषधि खानुपर्ने भए पनि शिक्षित सम्पन्न र हुनेखानेले नै औषधि नखाने गरेको बुझिएको छ ।

चार वर्षअघिको तथ्याङ्कअनुसार कैलाली जिल्लाको कुल जनसङ्ख्यामध्ये झन्डै छ प्रतिशतमा रोगको सङ्क्रमण छ । अपाङ्गताका प्रमुख दुई कारणमध्ये दोस्रो कारण हात्तीपाइले रोग नै रहेको बताइन्छ । नेपालमा सन् २०२०९विसं २०७६तिर० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्यअनुरुप रोगविरुद्धको औषधि खुवाउने अभियान सरकारले चलाउँदै आएको हो। जिल्लामा यस वर्ष यही चैत ५, ६ र ७ गते सञ्चालन भएको हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानअन्तर्गत आठ लाख १८ हजारलाई औषधि खुवाउने लक्ष्य राखिएकामा बढीमा ७० प्रतिशतले मात्रै औषधि खाएको अनुमान छ ।  हात्तीपाइले रोग लागेमा हातखुट्टा र ग्रन्थी सुन्निने, हाइड्रोसिल हुने, स्तनमा गिर्खा देखिनेलगायत समस्या देखिने भई समयमै उपचार हुन नसकेमा मानिसमा अपाङ्गता हुने गर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?