हिमपातका कारण चिसो बढेपछि गोरखाको जनजीवन प्रभावित :भूकम्प पीडितको बिचल्ली

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २८, २०७३
|
|
५४२ पटक हेरिएको
Shares
हिमपातका कारण चिसो बढेपछि गोरखाको जनजीवन प्रभावित :भूकम्प पीडितको बिचल्ली

सारांश

  • बिहीबार रातिदेखि अविरल बषर्ासँगै भएको हिमपातका कारण चिसो बढेपछि गोरखाको जनजीवन प्रभावित भएको छ ।
  • जिल्लाको उत्तरी क्षेत्रमा भएको हिमपात अझै रोकिएको छैन ।
  • चिसोका कारण स्थानियहरु घर वाहिर निस्कन सकेका छैनन् ।

बिहीबार रातिदेखि अविरल बषर्ासँगै भएको हिमपातका कारण चिसो बढेपछि गोरखाको जनजीवन प्रभावित भएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा भएको हिमपात अझै रोकिएको छैन । चिसोका कारण स्थानियहरु घर वाहिर निस्कन सकेका छैनन् । बिशेष गरी जिल्लाको उत्तरी क्षेत्रमा रहेका लाप्राक, गुम्दा, लापु, स्वाँरा, बिही, प्रोक, ल्हो, सामागाउँ क्षेत्रमा हिमपातका कारण स्थानियहरु बाहिर निस्कन नसकेका हुन् ।

हिमापात सँगै बढेको चिसोका कारण स्थानियहरु घर भित्रै आगो तापेर बस्ने गरेको सामागाउँका स्थानिय मिंग्मार लामाले बताए । ‘दुई दिन देखि लगातार हिमपात भइरहेको छ,’ लामाले भने ‘आज त झन् बाक्लो हिउ परेर घर वाहिर निस्कनै सकेन ।’

हिमपातका कारण गोठमा जान नसक्दा याक र चौरीहरु भोकै रहेको उनले बताए । उनले भने ‘घरबाट गोठमा जान एक घण्टा लाग्छ तर बाक्लो हिउ परेर गोठमा जान सकेन, याक र चौरीहरु आज त भोकै भए ।’ करिव चार फिट बाक्लो हिउ परेको उनको अनुमान छ ।

लगातारको हिमपातका कारण चिसो बढेसँगै भूकम्प पीडितहरुलाइ भने समस्या भएको छ । पाल र टेन्टको भरमा ओत लाग्दै आएका पीडितहरुको बिचल्ली भएको छ । बषर्ात सँगै आएको हावाहुरीले टेन्ट, पाल र अस्थायी टहराको छाना उडाउदा उनीहरुको बिचल्ली भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?