हिमपातका कारण डोटीको जनजीवन प्रभावित
सारांश
- डोटी, २९ मंसिर ।
- डोटीका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ ।
- हिमपात भएसँगै डोटीको जनजीवन प्रभावित भएको छ ।
डोटी, २९ मंसिर । डोटीका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै डोटीको जनजीवन प्रभावित भएको छ ।
डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक लगायत उच्च पहाडी क्षेत्रमा हिमपात परेको हो ।
हिउँ परेका कारण लगाएको बालीमा पर्याप्त मात्रामा पानी पुग्ने भन्दै लेकाली क्षेत्रमा बसोबास गर्ने किसान भने खुशी भएका छन् । चिसोका कारण वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया