‘हैरान’ खिच्न ६१ दिन लाग्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २७, २०७३
|
|
१११ पटक हेरिएको
Shares
‘हैरान’ खिच्न ६१ दिन लाग्यो

सारांश

  • विश्वकै कान्छा निर्देशक सौगात बिष्टले निर्देशन गरेको दोश्रो चलचित्र ‘हैरान’को छायांकन ६१ दिन लगाएर सकिएको छ ।
  • छायांकनका लागि तयार पारिएको सेड्यूल भन्दा बढी समय लागेको कलाकार गजित बिष्टले जानकारी दिए ।
  • निर्माणपक्षले यो चलचित्रको छायांकन ४५ दिनमा सक्ने योजना बनाएको थियो ।

विश्वकै कान्छा निर्देशक सौगात बिष्टले निर्देशन गरेको दोश्रो चलचित्र ‘हैरान’को छायांकन ६१ दिन लगाएर सकिएको छ । छायांकनका लागि तयार पारिएको सेड्यूल भन्दा बढी समय लागेको कलाकार गजित बिष्टले जानकारी दिए ।

निर्माणपक्षले यो चलचित्रको छायांकन ४५ दिनमा सक्ने योजना बनाएको थियो । तर, निर्धारित समय भन्दा बढी समय लागेपछि बजेट पनि बढेको छ । मुक्ति घले र वाइ.एल लामा, श्रृष्टी घिमिरेको निर्माणमा तयार भएको यो चलचित्रमा गजित बिष्ट, निश्मा घिमिरे, सत्यराज आचार्य, पुष्कर रेग्मी, नव-कलाकार आरोहि शर्मा लगायतको मुख्य भूमिका छ ।

चलचित्रको बिषयवस्तु नै गरुङ्गो भएकाले छायांकन मिति लम्बिएको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रलाई कमेडी, प्रेम र सस्पेन्स शैलीमा निर्माण गरिएको छ । पहिलो चलचित्र ‘लभ यू बाबा’ निर्देशन गरेर सौगातले विश्वकै कान्छा निर्देशकको रेकर्ड बनाएका थिए ।

यो चलचित्र भने कमर्सियल रुपमा तयार पारिएको र दर्शकले मन पराउने कलाकार गजित बिष्टले बताए । चलचित्रको कथा गम्भिर बिष्टले लेखेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?