२१ लाख घुस माग्ने आफ्नै नेतामाथि एमाले महासचिवले लिए कडा ‘एक्सन’!

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ९, २०७४
|
|
१८ पटक हेरिएको
Shares
२१ लाख घुस माग्ने आफ्नै नेतामाथि एमाले महासचिवले लिए कडा ‘एक्सन’!

सारांश

  • मोरङ ।
  • एमाले महासचिव ईश्वर पोख्रेलले चुनावको बेला उम्मेद्वारहरुसँग घुस माग्ने र टिकट मिलाइदिन्छु भन्दै आर्थिक अराजकता मच्चाउने नेतालाई पार्टीले तत्काल कार्वाही गर्ने बताएका छन् ।
  • शुक्रबार प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रेलले सो कुरा बताएका हुन् ।

मोरङ । एमाले महासचिव ईश्वर पोख्रेलले चुनावको बेला उम्मेद्वारहरुसँग घुस माग्ने र टिकट मिलाइदिन्छु भन्दै आर्थिक अराजकता मच्चाउने नेतालाई पार्टीले तत्काल कार्वाही गर्ने बताएका छन् । शुक्रबार प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रेलले सो कुरा बताएका हुन् ।  ‘पार्टी भित्रैबाट उम्मेद्वारहरुसँग पैसा माग्ने तथा टिकट मिलाइदिने भन्दै घुस खाएका खबर आएका छन्, यदि त्यसो गरिएको भेटिएमा पार्टीले तुरुन्त कार्वाही गर्छ,’ महासचिव पोख्रेलले स्पष्ट पारे ।  केही दिनअघि मोरङ जिल्लाकै मिक्लाजुङ गाउँपालिकाका एमाले उम्मेद्वारसँग पार्टीकै एक नम्बर प्रदेश कमिटीका नेताले २१ लाख मागेको घटना बाहिर आएको थियो । आफुसँग उपल्लो कमिटीका नेताले २१ लाख रुपैयाँ मागेको भन्दै मधुमल्लाका एमाले नेता भेषराज काफ्लेले पार्टी परित्याग गरिसकेका छन् । नेता काफ्लेले आफुले घुस माग्ने नेतामाथि कारवाहीको माग गर्दा पनि पार्टीले सुनुवाई नगरेको भन्दै एमाले परित्याग गरेका थिए ।  उक्त घटना घटेको केही दिन नवित्दै एमाले महासचिव पोख्रेलले घुस माग्ने नेतामाथि पार्टीले कार्वाही गर्ने चेतावनी दिएका हुन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?