२ सय ३७ स्थानीय तहको मतगणना सम्पन्न : निर्वाचन आयोग

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १९, २०७४
|
|
१८ पटक हेरिएको
Shares
२ सय ३७ स्थानीय तहको मतगणना सम्पन्न : निर्वाचन आयोग

सारांश

  • काठमाडौं, असार १९ – असार १४ गते दोस्रो चरणमा निर्वाचन भएका प्रदेश नं.
  • १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा सोमबार बिहानसम्म २ सय ३७ स्थानीय तहको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।
  • संयुक्त निर्वाचन परिचालन केन्द्रबाट प्राप्त जानकारी अनुसार, हाल ९१ स्थानीय तहको मतगणना कार्य भइरहेको र ६ स्थानीय तहमा स्थगित भएको मतगणना कार्य सुचारु गर्ने प्रयास भइरहेको पनि निर्वाचन आयोगले जनाएको छ ।

काठमाडौं, असार १९ – असार १४ गते दोस्रो चरणमा निर्वाचन भएका प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा सोमबार बिहानसम्म २ सय ३७ स्थानीय तहको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।

संयुक्त निर्वाचन परिचालन केन्द्रबाट प्राप्त जानकारी अनुसार, हाल ९१ स्थानीय तहको मतगणना कार्य भइरहेको र ६ स्थानीय तहमा स्थगित भएको मतगणना कार्य सुचारु गर्ने प्रयास भइरहेको पनि निर्वाचन आयोगले जनाएको छ ।

अहिलेसम्म १८ जिल्लाका सबै स्थानीय तहको मतगणना सकिएको छ । मतगणना सकिएका जिल्लामा प्रदेश नम्बर १ का खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, भोजपुर, संखुवासभा र सोलुखुम्बु रहेका छन् । प्रदेश नम्बर ५ का गुल्मी, पाल्पा, रोल्पा, रुकुम र  प्रदेश नम्बर ७ का डडेलधुरा, डोटी, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लाका सबै स्थानीय तहको मतगणना सकिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?