५५ दिनपछि जीवितै उद्धार : प्रेमिकाको शव भेटियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १४, २०७४
|
|
१७४ पटक हेरिएको
Shares
५५ दिनपछि जीवितै उद्धार : प्रेमिकाको शव भेटियो

सारांश

  • रिब दुइृ महिनादेखि उत्तरी भादिङबाट हराइरहेका दुई ताइवानी पर्यटकको एसियन ट्रेकिङएजेन्सी र सिम्रिक हेलिकोप्टरले बिहीबार उद्धार गरेका छन् ।
  • आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
  • ती मध्ये एकको तीन दिनअघि मृत्यु भएको थियो ।

रिब दुइृ महिनादेखि उत्तरी भादिङबाट हराइरहेका दुई ताइवानी पर्यटकको एसियन ट्रेकिङएजेन्सी र सिम्रिक हेलिकोप्टरले बिहीबार उद्धार गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

ती मध्ये एकको तीन दिनअघि मृत्यु भएको थियो ।उद्धार टोलीले उत्तरी धादिङको रुबीध्याली गाउँपालिकामा ती पर्यटकको जोडीलाई फेला पारेको हो ।

उद्धार टोलीले खोँचमा खसेर एक जना बेहोस र अर्का एकजना मृत अवस्थामा उनीहरुलाई फेला पारेको हो ।

बेपत्ता २१ बर्षीय लाइङ सिङ युन अचेत अवस्थामा फेला परेका थिए भने १९ बर्षीया लिउ चेन चुनको शव फेला परेको थियो ।

PHOTO : ANNAPURNA POST

ताइवानी पर्यटक २१ वर्षीय लाइङ सिंङ युनलाई ५५ दिनपछि जीवितै उद्धार गरिएको हो। उनकी प्रेमिका १९ वर्षीया लिउ चेन चुनलाईको भने उद्धार हुन नसक्दा तीन दिनअघि मृत्यु भएको थियो। नेपाल घुम्न आएका यी ताइवानी जोडी फागुन २० गतेदेखि धादिङको तिप्लीङ क्षेत्रबाट परिवारसँग सम्पर्कपछि वेपत्ता थिए।

वेपत्ता भएको ५५ दिनपछि पर्यटकलार्इ बुधबार धादिङको रुवीभ्यालीस्थित खोला किनारको ओढारमा स्थानीयले फेला पारेका हुन्। परिवार र एसियन ट्रेकिङ एजेन्सीको पहलमा स्थानीयबासीलाई प्रयोग गरी खोजी गर्दा खोलाको अप्ठ्यारो ओढारमा बसेको अवस्थामा युवकलाई गम्भीर अवस्थामा र युवती मृत अवस्थामा स्थानीयले बुधबार बिहान फेला पारेका हुन्।

स्थानीयले खबर गरेपछि युनलाई एसियन ट्रेकिङ एजेन्सीले उद्धारको पहल गरेको थियो। बाटो बिराएर फसेका पर्यटकलार्इ सिम्रिक एयरको सहयोगमा पाइलट सिदार्थ जे गुरुङ र गाइड छिरिङ डेन्डुप भोटेले सफलता पूर्वक रेस्क्यू गरेका हुन्। उहाँहरु सिम्रिक एयरका लङलाइट रेस्क्यु विषेशज्ञ हुन्।

धादिङको तिप्लिङलगायतका उत्तरी क्षेत्रको दुई हजार मिटरसम्म हिमपात हुदाँ पाङ्गसाङ्ग पासबाट नारचेत खर्क हुँदै सोमदाङ्ग बस्ती झर्न खोज्दा उनीहरु त्याङग्रो भीरबाट हिउँमा चिप्लेर ओढारमा फसेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायाधीशहरु धमाधम काजमा तानिँदै
न्यायाधीशहरु धमाधम काजमा तानिँदै
सर्वोच्चद्वारा गभर्नर महाप्रसादविरुद्धको मुद्धामा कारण देखाउ आदेश जारी
सर्वोच्चद्वारा गभर्नर महाप्रसादविरुद्धको मुद्धामा कारण देखाउ आदेश जारी
राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक छ : प्रधानमन्त्री दाहाल
राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक छ : प्रधानमन्त्री दाहाल
माओवादी केन्द्र बैठकः पुन र शर्माले उठाए उत्तराधिकारी र भ्रष्टाचारविरोधी कुरा
माओवादी केन्द्र बैठकः पुन र शर्माले उठाए उत्तराधिकारी र भ्रष्टाचारविरोधी कुरा
दरबार हत्याकाण्ड: किन दिए  ज्ञानेन्द्रले हत्याकाण्ड भएको भोलिपल्टै श्रीसदनमा ताल्चा लगाउन निर्देशन ?
दरबार हत्याकाण्ड: किन दिए ज्ञानेन्द्रले हत्याकाण्ड भएको भोलिपल्टै श्रीसदनमा ताल्चा लगाउन निर्देशन ?
रेल्वे कम्पनीका लागि २२६ कर्मचारी थपिने
रेल्वे कम्पनीका लागि २२६ कर्मचारी थपिने
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन, सात प्रदेशका ७ वडासम्मै पुग्ने प्रधानमन्त्री
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन, सात प्रदेशका ७ वडासम्मै पुग्ने प्रधानमन्त्री
स्ववियु निर्वाचन : एमाले निकट अखिल ७८ वटा क्याम्पसमा बिजयी (सुचीसहित)
स्ववियु निर्वाचन : एमाले निकट अखिल ७८ वटा क्याम्पसमा बिजयी (सुचीसहित)
झगडाले खुस्कियो दिलनाथ गिरीको मन्त्री पद, यसो भन्छन् गिरी ?
झगडाले खुस्कियो दिलनाथ गिरीको मन्त्री पद, यसो भन्छन् गिरी ?
सन्दर्भः १६ दिने महिलाहिंसा विरुद्धको अभियान बाँच्न पाउने अधिकार गुमाउँदै बलात्कृत बालिका