अपहरणकारीले १ करोड २ लाख फिरौती रकम लिएर ९ वर्षे बालकको हत्या

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०७५
|
|
४४ पटक हेरिएको
Shares
अपहरणकारीले १ करोड २ लाख फिरौती रकम लिएर ९ वर्षे बालकको हत्या

सारांश

  • शिखरन्युज १० साउन ।
  • बाराको जितपुरमा १ करोडभन्दा बढी फिरौती लिएर पनि अपहरणकारीले एक बालकको हत्या गरेका छन् ।
  • अपहरणकारीले बारा जितपुरका गोला व्यापारी ललन गुप्ताका ९ वर्षीय छोरा अंकितलाई अपहरण गरेका थिए ।

शिखरन्युज १० साउन । बाराको जितपुरमा १ करोडभन्दा बढी फिरौती लिएर पनि अपहरणकारीले एक बालकको हत्या गरेका छन् । अपहरणकारीले बारा जितपुरका गोला व्यापारी ललन गुप्ताका ९ वर्षीय छोरा अंकितलाई अपहरण गरेका थिए । अपहरणकारीले मागेको फिरौती रकम तिरेपछि छोरा सकुशल फिर्ता आउने आसमा १ करोड रकम बुझाएका थिए । तर, बालक अंकित फिर्ता आएनन् ।

अपहरणकारीका थुप्रै शर्त अनुसार ललनले छोरालाई कुनै यातना नदिई सकुशल फिर्ता गर्नुपर्ने भन्दै १ करोड २ लाख रुपियाँ बुझाएका थिए । फिरौती रकम अपहरणकारीलाई बुझाएको एक सातापछि अंकितको हत्या भएको खबर आएको हो । अपहरणकारीले अंकितलाई कुटपीट नगरी सकुशल रिहा गर्ने मोवाइल कुराकानीमा वाचा गरेको थियो ।

छोरा फिर्ता आउने आसमा ललन र उनकी पत्नी संगीता भारतको बेतिया पुगेर ६४ लाख भारतीय रूपैयाँ बुझाएका थिए । फिरौती रकम माग्न भारतीय फोन नम्बर प्रयोग गरिएको थियो ।
बारा प्रहरी कार्यालयले अंकितको हत्या भइसकेको हुनसक्ने बताएपछि सिंगो जितपुर शोकमा डुबेको छ ।

अंकित जेठ २२ गते साँझ घर नजिकै साथीकोमा खेल्न गएका थिए । त्यहीबेला अंकित अपहरणमा परेका थिए । रातिसम्म घर नफर्किएपछि गुप्ता परिवारले प्रहरीलाई खबर गरेका थिए ।
ललनका ५ छोरी र २ छोरामध्ये अंकित कान्छा छोरा हुन् । सोही दिनदेखि घटनाको अनुसन्धान थालेको बारा प्रहरीले ५०औं दिनमा साउन ८ गते अंकितको हत्या भएको हुनसक्ने बताएको छ ।
घटनामा संलग्न रहेको आरोपमा पर्साको पोखरिया घर भई वीरगन्ज बस्ने रामप्रवेश साह गोढलाई पक्राउ गरेको छ । साहलाई पक्रेपछि अंकित हत्याको रहस्य खुलेको हो ।

साहले फिरौती रकम लिएपछि अंकितको हत्या गरी पर्साको जगरनाथपुरस्थित गण्डक नहरमा बोरामा हालेर शव फालेको बयान दिएका थिए । असार ३२ गते अंकितको हत्या गरी फालिएको पक्राउ परेका साहले बयान दिएका थिए ।

शव भेटिएको बेला अनुहार चिन्न नसक्ने भैसकेको थियो । शवलाई बेवारिसे भन्दै यस अघि नै गाडिसकेको थियो । घटनाको रहस्य खुल्दै गएपछि बारा प्रहरीले शव उत्खनन् गर्दै डीएनए परीक्षण शुरु गरिएको छ । बालकको लुगा र घाँटीमा लगाएको हनुमानको लकेटको आधारमा शव अंकितको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचार गर्ने सूचीमा नेपालको सुधार
भ्रष्टाचार गर्ने सूचीमा नेपालको सुधार
अध्यक्ष प्रचण्डलाई माओवादी केन्द्रका मन्त्रीको नाम छान्ने जिम्मा
अध्यक्ष प्रचण्डलाई माओवादी केन्द्रका मन्त्रीको नाम छान्ने जिम्मा
यो हो काठमाडौँको पहिलो मोटरसाइकल !
यो हो काठमाडौँको पहिलो मोटरसाइकल !
कञ्चनपुर घटनाजस्तै मुस्ताङ घटना हुँदा चीनले माफी मागेको थियो ?
सभामुखमा प्रतिस्पर्धी देखिएनन्, मुख्यमन्त्रीमा जोड
सभामुखमा प्रतिस्पर्धी देखिएनन्, मुख्यमन्त्रीमा जोड
६ दिने औपचारिक भ्रमणका क्रममा प्रधानसेनापति थापा भारत प्रस्थान
६ दिने औपचारिक भ्रमणका क्रममा प्रधानसेनापति थापा भारत प्रस्थान
निर्वाचन आयोगद्वारा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र पुरानै अवस्थामा दर्ताको निर्णय
निर्वाचन आयोगद्वारा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र पुरानै अवस्थामा दर्ताको निर्णय
शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फबाट बहस सुरु
शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फबाट बहस सुरु
पुनः आन्दोलन गर्ने बौद्धवासीको चेतावनी
पुनः आन्दोलन गर्ने बौद्धवासीको चेतावनी
म्यादीमा जागिर खुल्यो, दलीय सदस्यता लिएकाले दरखास्त दिन नपाउने,
म्यादीमा जागिर खुल्यो, दलीय सदस्यता लिएकाले दरखास्त दिन नपाउने,