आइएनजीओहरूलाई देश छाड्न निर्देशन

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २०, २०७५
|
|
३२ पटक हेरिएको
Shares
आइएनजीओहरूलाई देश छाड्न निर्देशन

सारांश

  • पाकिस्तानी सरकारले आफ्नो देशमा काम गरिरहेका अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू(आइएनजीओ)लाई ६० दिनभित्र देश छाड्न निर्देशन दिएको छ।
  • आइएनजीओहरूलाई सबै काम बन्द गर्नसमेत पाकिस्तान सरकारले भनेको छ।
  •  आइएनजिओहरूलाई देश छाड्न निर्देशन दिएसँगै पाकिस्तानी सरकारको आलोचना सुरु भएको छ।

पाकिस्तानी सरकारले आफ्नो देशमा काम गरिरहेका अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू(आइएनजीओ)लाई ६० दिनभित्र देश छाड्न निर्देशन दिएको छ।आइएनजीओहरूलाई सबै काम बन्द गर्नसमेत पाकिस्तान सरकारले भनेको छ। आइएनजिओहरूलाई देश छाड्न निर्देशन दिएसँगै पाकिस्तानी सरकारको आलोचना सुरु भएको छ। यस निर्णयबाट प्रभावित आइएनजिओ ‘एक्सन एड’ले यो नागरिक समाजमाथि भइरहेको आक्रमणको एक हिस्सा भएको आरोप लगाएको छ।

पाकिस्तानी गृह मन्त्रालयले उक्त आरोपको अहिलेसम्म कुनै खण्डन गरेको छैन। सरकारले एक्सन एडलाई लेखेको चिठ्ठीमा पुनः संस्था सञ्चालन गर्न ६ महिनापछि आवेदन दिन सक्ने उल्लेख गरिएको छ। मानवअधिकार उल्लंघन तथा प्रेस स्वतन्त्रतामाथि अंकुश लागेको घटना बढिरहँदा पाकिस्तानले आइएनजीओहरूलाई देश छाड्न निर्देशन दिएको हो।

किन उठाइयो यस्तो कदम?

पाकिस्तानले अन्तर्राष्ट्रिय गैर सरकारी संस्थालाई सन्देहको दृष्टिले हेर्ने गर्छ। सन् २०११ मा अमेरिकाको सिआइएले ओसामा बिन लादेनको खोजी गर्न ‘नक्कलीखोप अभियान’ सञ्चालन गरेको थियो।पाकिस्तानी अधिकारीहरूले ‘सेभ द चिल्ड्रेन’लाई नक्कली खोप अभियान सञ्चालन गरेको आरोप लगाएको थियो। यद्यपि त्यस संस्थाले उक्त आरोपलाई झुटो सावित गरिदियो।सन् २०१७ मा पाकिस्तानले एक्सन एडसहित कैयौं अन्तर्राष्ट्रिय संस्थालाई देश छाड्न भनेको थियो। तर पश्चिमा देशको दबाबका कारण पाकिस्तानले फैसला बदल्नु परेको थियो।

एक्सन एड पाकिस्तानका निर्देशक अब्दुल खालिकले बीबीसीसँग कुरा गर्दै यसपटक सरकारको निर्णयविरुद्ध अपिल गर्न सम्भव नभएको बताएका छन्। यो निर्णयले उक्त संस्थाले सहयोग गरिरहेको निम्न वर्गका कैयौं नागरिक बेसहारा हुने चिन्तासमेत उनले व्यक्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?