उत्तर कोरियाली नेता किमलाई रुसी राष्ट्रपति पुटिनको निमन्त्रणा !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
४४ पटक हेरिएको
Shares
उत्तर कोरियाली नेता किमलाई रुसी राष्ट्रपति पुटिनको निमन्त्रणा !

सारांश

  • सोल, ३० साउन ।
  • रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली किम जोङ उनसँग भेटघाट गर्न तयार भएका छन् ।
  • पुटिनले छिटै किमसँग भेटघाट गर्नुहुने उत्तर कोरियाली सञ्चार माध्यमले बुधबार जानकारी दिएका छन् ।

सोल, ३० साउन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली किम जोङ उनसँग भेटघाट गर्न तयार भएका छन् । पुटिनले छिटै किमसँग भेटघाट गर्नुहुने उत्तर कोरियाली सञ्चार माध्यमले बुधबार जानकारी दिएका छन् । पुटिनले उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनलाई अगामी जुन महिनामा रुसको भ्लादिभोस्तोकमा हुन गइरहेको आर्थिक मञ्चमा निमन्त्रण गरेका छन् । उत्तर कोरियाली नेता किमले भने यस निमन्त्रणाबारे कस्तो प्रतिक्रिया देखाउँछन् प्रष्ट भएको छैन । कोरियाली स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति पुटिनले पठाएको सन्देशमा नेता किम सम्मेलनमा भाग लिने आकाङ्क्षा व्यक्त गरेका छन् ।

“जतिसक्दो चाँडो किमसँग भेटघाट गरी द्वीपक्षीय सम्बन्ध र क्षेत्रीय मामिलाका विविध विषयमा छलफल गर्न तयार छौं,” राष्ट्रपति पुटिनको भनाई उद्धृत गर्दै उत्तर कोरियाको आधिकारिक समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी ९केसिएनए० ले जनाएको छ । तर सन्देशमा भेटघाटको यकिन मिति भने दिइएको छैन । दक्षिण कोरियाको पनि सहभागितामा आपसी समन्वयसहितको त्रिकोणीय परियोजनाको थप विकास हुने पुटिनले आशा गरेका छन्। किमले पनि पुटिनलाई सन्देश पठाउनु भएको छ, तर पत्रमा पुटिनको निमन्त्रणाको विषयमा किमले कुनै प्रतिक्रिया दिनु भएको छैन ।

कोरियाली प्रायःद्वीपमा शिध्र रुपमा कुटनीतिक सम्बन्ध सामान्य हुनुको पछाडि किमले दुई पटकसम्म दक्षिण कोरियाली राष्ट्रपतिसँग भेटघाट गर्नु तथा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटघाट रहेको बताइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपनिर्वाचनका लागि सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना
भक्तपुरको खनेपानी समस्या समाधान गर्दछु-एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेत
भक्तपुरको खनेपानी समस्या समाधान गर्दछु-एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेत
बालक अपहरण गरी १५ लाख माग्ने तीनजना प्रहरीको फन्दामा
बालक अपहरण गरी १५ लाख माग्ने तीनजना प्रहरीको फन्दामा
कामु प्रधानन्यायाधीश प्रकरण: जोशीले आफ्नो दाबी गरेको सिम्बोल नम्बरमा हिमबहादुर लेकाली !
कामु प्रधानन्यायाधीश प्रकरण: जोशीले आफ्नो दाबी गरेको सिम्बोल नम्बरमा हिमबहादुर लेकाली !
पूर्व सांसद रौनियार ठगीको आरोपमा पक्राउ
पूर्व सांसद रौनियार ठगीको आरोपमा पक्राउ
लकडाउनको सदुपयोग : काठमाडौँका सडकमा ढकमक्क फूल
प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमतीसहित तीन जना सार्वजनिक
प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमतीसहित तीन जना सार्वजनिक
पन्ध्रौ प्रेमिकाको सन्तानको पिता बन्दै साहित्यकार मुकारुङ
पन्ध्रौ प्रेमिकाको सन्तानको पिता बन्दै साहित्यकार मुकारुङ
गाउँ नै विस्थापित हुने अवस्था
गाउँ नै विस्थापित हुने अवस्था
सरकार विरुद्ध सोमबार मुलुकभर कांग्रेसले प्रदर्शन गर्ने
सरकार विरुद्ध सोमबार मुलुकभर कांग्रेसले प्रदर्शन गर्ने