उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २४, २०७५
|
|
२८ पटक हेरिएको
Shares
उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष पक्राउ

सारांश

  • भक्तपुर, २४ जेठ  ।
  • नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्णप्रसाद ताम्राकारलाई प्रहरीले पक्राउ गरेको छ ।
  • नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले ताम्राकारकै निवास कमलविनायकबाट  पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा राखेको छ ।

भक्तपुर, २४ जेठ  । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्णप्रसाद ताम्राकारलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले ताम्राकारकै निवास कमलविनायकबाट  पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा राखेको छ । कमलविनायकमा सञ्चालित होटल यातुका मुख्य सञ्चालक ताम्राकार लगानीकर्ता मनसुनविक्रम शाह र सरु महतबीच होटल यातु सञ्चालन शुरु हुनु अगावै विवाद सार्वजनिक भएको थियो ।

होटलमा शाहले रु एक करोड १५ लाख लगानी गरेको र सो रकम फिर्ता गर्न माग दावी गरेका थिए भने महतले पनि लगानी गरेको बताइएको छ । ताम्राकारले दुवैको होटलमा धेरै लगानी नभएको र रु ३२ लाख मात्र लगानी भएको जिकिर गर्दै आएका थिए ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा व्यवसायी ताम्राकारलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले होटल यातुका सञ्चालकबीचको विवादको मुद्दामा अपराध महाशाखाले ताम्राकारलाई नियन्त्रणमा लिई कागजपत्रसहित भक्तपुर प्रहरीलाई अनुसन्धानका लागि बुझाएको बताए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    पाप धुरीबाट कराउछ भन्छ खै के खै के ।

    Comment Author

    Dãshrãth Dãnuwär

    ???

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?