उपप्रधानमन्त्री उपेन्द्र यादव काण्डमा एभिन्यूज टीभीले बुझायो स्पष्टिकरण

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १, २०७६
|
|
१८ पटक हेरिएको
Shares
उपप्रधानमन्त्री उपेन्द्र यादव काण्डमा एभिन्यूज टीभीले बुझायो स्पष्टिकरण

सारांश

  • नेपाल प्रेस काउन्सिलले ३ दिनको समयसीमा राखेर लिएको स्पष्टिकरणको एभिन्यूज खबरले समयमै जवाफ दिएको छ ।
  • गत आइतबार उक्त टेलिभिजनबाट प्रशारित एक कार्यक्रममा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र माथि कार्यक्रम सञ्चालकले प्रश्न सोध्ने क्रममा प्रयोेग गरिएको भाषा शैली प्रति काउन्सिलले स्पष्टिकरण मागेको थियो ।
  • प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले फेसबुकमा स्टाटस राख्दै एभिन्यूजले समयसीमा भित्रै स्पष्टिकरणको जवाफ बुझाएको जनाएका हुन् ।

नेपाल प्रेस काउन्सिलले ३ दिनको समयसीमा राखेर लिएको स्पष्टिकरणको एभिन्यूज खबरले समयमै जवाफ दिएको छ । गत आइतबार उक्त टेलिभिजनबाट प्रशारित एक कार्यक्रममा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र माथि कार्यक्रम सञ्चालकले प्रश्न सोध्ने क्रममा प्रयोेग गरिएको भाषा शैली प्रति काउन्सिलले स्पष्टिकरण मागेको थियो ।

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले फेसबुकमा स्टाटस राख्दै एभिन्यूजले समयसीमा भित्रै स्पष्टिकरणको जवाफ बुझाएको जनाएका हुन् । उनले फेसबुकबाटै एभिन्युजबाट प्राप्त भएको जवाफको छिट्टै एउटा टुंगोमा पुगेर यथार्थ जानकारी दिइने उल्लेख गरेका छन् ।

गत आइतबार प्रशारित कार्यक्रममा प्रश्नकर्ताको भाषा र शैली अभद्र भएको भन्दै उपप्रधानमन्त्री यादव माइक फ्यालेर कार्यक्रम बहिस्कार गरेर बाहिरिएका थिए । सोमबार दिनभर नै यो काण्डले सामाजिक सञ्जाल तताएको थियो । दुवैको पक्ष र विपक्षमा ठूलै वहस सिर्जना भएको थियो । धेरैले टेलिभिजनका कार्यक्रम प्रस्तोताको शैलीको विरोध गरेका थिए । त्यस्तै उपप्रधानमन्त्री यादव पनि जिम्मेवार बन्न नसकेको धेरैको आलोचना रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?